News Portal

रेडियो सुन्नुहोस्

  प्यूठान लगाएत देशका केहि स्थानमा भारी वर्षा, पर्सिदेखी माैसममा सुधार हुने

झुलेनी पाेष्टसाउन १४
९०१ पटक
साउन १४

प्यूठान,  आज  प्यूठान सिहित देशका  केहि स्थानमा पानी परिरहेकाे छ ।  देशका केहि  प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश-१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । गएराति लुम्बिनीमा ठूलो पानी परेको थियो । अरु ठाउँमा हल्कादेखि मध्यमखालको पानी परेको छ ।

अबका तीन दिन सोमवारसम्म नै पानी पर्ने अनुमान छ । त्यसपछि मनसुन केही कमजोर हुन सक्ने देखिएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा आज बिहान आकाश धुम्मिएको छ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर ठाउँ आसपासमा रहेको छ भने पूर्वमा सरदर ठाउँभन्दा केही उत्तरतिर रहेको छ ।

निरन्तर पानी पर्दा जमिन भिजिरहने भएकाले पहिरोको जोखिम हुने तथा नदी/खोलामा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् । केही दिनदेखि पानी परेपछि तराई क्षेत्रमा राहत भएको छ ।

प्रदेश-२, लुम्बिनीसहित तराई क्षेत्रमा गर्मी केही घटेको छ । तर सोमवारपछि मनसुन कमजोर हुने देखिएकाले फेरि गर्मी बढ्न सक्ने देखिएको मौसमविद् श्रेष्ठले बताउनुभयो । यो हप्ता तराई क्षेत्रमा परेको पानीले धान रोपेका ठाउँमा रोपो मर्नबाट जोगिएको महोत्तरीका किसान रामविनोद महतोले बताउनुभयो । पछिल्लो वर्षाले धान, उखु, तरकारी र फलफूलका बिरुवालाई पनि राहत भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...