News Portal

रेडियो सुन्नुहोस्

सम्पादकीय : गाउँमै रोजगारीको खोजी गरौँ

झुलेनी नेटवर्क२०७९ श्रावण २५, प्यूठान
५०४ पटक
२०७९ श्रावण २५, प्यूठान

नेपाल–भारत सीमा नाका जमुनाहनगर, कृष्णनगर, महेन्द्र नगर हुँदै भारततर्फ जानेको अहिले ताँती लागेको छ । कोही एक्लै त कोही समूहमा झोला–गुन्टा बोकेर भारततिर लागेका भेटिन्छन् । रोपाइँका लागि घर फर्केकाहरू दशैँ खर्च जुटाउन भारत जान लागेका हुन । असारे रोपाइँ सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौँ संख्यामा नेपाली भारत तर्फ जाँदै गरेको दृश्य बसहरुमा देखिन्छ ।

वर्षमा ६ महिना नेपाल र ६ महिना भारतमै बिाताउँनेहरु प्यूठानमा ग्रामिण क्षेत्रका धेरै छन् । गाउँमा रोजगारी नभएकाहरुको भारत नगई आफ्नो दैनिकी चलाउन सक्दैनन् । परिवार पाल्न भारत जानैपर्ने बाध्यता उनीहरुलाई छ । जुनै व्यवस्था आए पनि गाउँका स्थानीयको अवस्था बदलिएको छैन् । खेतीपातीका बेला स्वदेश र अन्य बेला झोला बोकी भारत नपसी उनीहरुलाई सुख छैन् । गाउँमा काम गर्ने वातावरण नहुँदा भारत जानुपर्ने बाध्यता उनीहरुलाई छ । गाउँमा काम छैन । गरेको कामको पनि उचित पारिश्रमिक पाउँदैनन् । लोकतन्त्र आएको वर्षाँै भएपनि गरिबलाई हेर्ने सरकार गाउँमा बस्नेहरुले कहिल्यै देख्न पाएका छैनन् । सरकारले समेत यस्ता विषयमा चासो नदिँदा वर्षौंँदेखि भारतीय नागरिकबाट हेलाको पात्र हुन बाध्य छन् उनीहरु।

घरपरिवार छोडेर अर्काको देशमा काम गर्न जाने रहर त कसलाई हुँदो हो र? तर, गुजाराका लागि जानैपर्ने बाध्यता छ उनीहरुलाई । नेपालमा रोजगारीको अभाव रहेको र स्वरोजगारका लागि सीप र लागतको अभावले रोजगारीका लागि वर्षैपिच्छे धैरै नेपालीलाई भारत जानुपरेको हो । अहिले स्याउ टिप्ने सिजन भएकाले सिमला जानेहरूको संख्या पनि धेरै छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...