News Portal

रेडियो सुन्नुहोस्

टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि अल्विना तिमल्सिनालाई

सिखबर संवाददाताप्यूठान
१०९१ पटक
प्यूठान

टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौंको ठमेल निवासी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन् । शुक्रबार अबेर रात काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा र्याम्प जोन द्वारा आयोजित ‘टिन प्रिन्सेस नेपाल–२०१८’ मा आफ्ना दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै अल्विनाले अर्को उपाधि मिस व्युटिफुल सहित मुख्य उपाधि जितिन् ।

सो प्रतियोगितामा समिना नकर्मी फस्ट रनर अप, सविना धानुक सेकेन्ड रनरअप बन्न सफल भए । अन्य उपाधि तर्फ मस्ट पपुलरमा मोमिला भुजेल मगर, बेस्ट पर्सनालिटीमा निशा लता राई, मस्ट फोटोजेनिकमा आरती चौलागाई, मस्ट डेडिकेटेडमा तारा दयाल, बेस्ट क्याटवाकमा शान्ति ढकाल, बेस्ट स्माईलमा आस्मा खड्का, मस्ट ट्यालेन्टमा सविना धानुक चयन भए ।

किशोरीहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता आयोजना गरिएको र्याम्प जोनकी अध्यक्ष रमी श्रेष्ठले बताईन् । टिन प्रिन्सेस नेपाल–२०१८को निर्णायकमा बरिष्ट गायक आनन्द कार्की, संचारकर्मी सुर्य चन्द, चर्चित अभिनेता प्रदीप खड्का, संचारकर्मी राजेन्द्र लुइटेल,सौन्दर्य ब्यबसायी टेक राज पाण्डे, लेक्चरर ज्योत्सना राजभण्डारी, गायिका बसन्ता प्रकृति लगायत थिए । मोनिका श्रेष्ठ र दिग्बिजय श्रेष्ठको संयोजनमा सम्पन्न सो प्रतियोगिताको कोरियोग्राफरमा आश्विनी झा थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...