News Portal

रेडियो सुन्नुहोस्

तीज नजिकिदै गर्दा बजारमा भिडभाड बढ्यो

झुलेनी पोष्ट२०७९ भदौ १०, प्यूठान
१२६८ पटक
२०७९ भदौ १०, प्यूठान

नेपाली महिला दिदीवहिनीहरुको हरितालिका तिज निजिकिएसँगै बजार क्षेत्रमा मानिसहरुको भिडभाड निकै बढेको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन ३ दिन मात्र बाँकी रहँदा जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुला, बिजुवार, जुर्मी, खंलगा, भिंग्री लगाएतका बजार क्षेत्रहरुमा तीजको सामान किनमेल गर्न आउने महिला दिदीबहिनीहरुको भिडभाड बढेको हो ।

तिजको समयमा विषेश गरी सुनचादीका पसल, कस्मेटीक पसल, जुत्ता चप्पल पसल र सारीचोलीका पसलहरुमा भिडभाड हुने गर्दछ । गएका वर्षहरुमा कोरोना संक्रमणका कारण थलिएका व्यापार व्यवसाय यस वर्ष भने केही मात्रामा माथि उकास्न सफल भएको व्यापारिहरु बताउछन् ।

तिज नजिकिदै गर्दा तिजको रौनकता बढ्दै गएपनि त्यसको मौलिकता भने हराउदै जान थालेको छ । पछिल्लो समय तिजको परम्परागत मौलिकता हराउदै जान थालेपछि मौलिकता गुम्न सक्ने भन्दै बुढापाकाले चिन्ता समेत गर्न थालेका छन ।

अहिले तिजका गीत गाएर,मादल बजाएर रमाइलो गर्नेहरु भन्दा पनि साउण्ड सिस्टम मार्फत नाच्ने प्रचलन बढ्दै गएको छ । पछिल्लो समय बजार क्षेत्रमा मात्र नभई गाउँ ठाउँमा पनि साउण्ड सिस्टममा तिज गीत बजाउने नाच्ने क्रम बढ्दो क्रममा छ ।

यसरी पछिल्लो समय नाच्दा, गाउदा कुनै पनि कुरामा मौलीकता समावेश गरेको नपाईदा पुर्खौ पुर्खादेखीको सस्कृती साच्चीकै गुम्दै जाने संकेत देखीएको भन्दै बुढापाकाहरुले चिन्ता व्यक्त गर्न थालेका हन् ।

‘पहिले हामी आफै गितहरु गाउथ्यौ, मादल, मुरेली आफै बजाउथ्यौ, नाच्थ्यौ रमाईलो हुन्थ्यो तर आजकाल ठुला ठुला साउन्ड बक्सहरुमा गित बजाउने नाच्ने चलन आएको छ, रमाईलो त अहिले पनि लाग्छ तर पहिले जस्तो हुदैन प्यूठान नगरपालिका ३ जुर्मी बसपार्क नजिकै वसोवास गर्दै आएकी थमीदेवी पाठकले भनिन् । हाम्रा पालामा दिनभरी खेतबारीको काम गथ्र्याै, बेलुका पख खाना खाएर दिदिबहिनीहरु एक घरमा जम्मा भएर रमाइलो गथ्र्यौ । तर आजकाल त तिजमा पनी धेरै बिकृती फैलीयो ।

तिज आउनु भन्दा एक महिना अघिबाट दर खाने नाच्ने गाउने गर्छन । त्यसैले तीज भड्किलो बन्दै गएको उनले बताइन । उनले भनिन्,कतिपए कलाकारले पनि उस्तै तिजका गितहरु बजारमा ल्याएका छन । तिजका गितहरुमा महिलाको दु :ख बेदना रोदनलाइ पछिल्लो पुस्ताका कलकारहरुले नसमेटेकाले पनि अहिलेका गितले समाजमा बिकृती बिसंगती फैलीएको उनको धारणा छ ।

उनी जस्तै पछिल्लो समय मौलीक संस्कृती धरासायी बन्दै गएको गुनासो गर्ने बृद्धबृद्धाहरु थुप्रै छन । तर बिडम्बना पछिल्लो समय आधुनिक जमाना भित्रीएसंगै मौलीक संस्कृती भने हराउदै गएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...