News Portal

रेडियो सुन्नुहोस्

तीज नजिकिदै गर्दा बजारमा भिडभाड बढ्यो

झुलेनी पोष्ट२०७९ भदौ १०, प्यूठान
९९९ पटक
२०७९ भदौ १०, प्यूठान

नेपाली महिला दिदीवहिनीहरुको हरितालिका तिज निजिकिएसँगै बजार क्षेत्रमा मानिसहरुको भिडभाड निकै बढेको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन ३ दिन मात्र बाँकी रहँदा जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुला, बिजुवार, जुर्मी, खंलगा, भिंग्री लगाएतका बजार क्षेत्रहरुमा तीजको सामान किनमेल गर्न आउने महिला दिदीबहिनीहरुको भिडभाड बढेको हो ।

तिजको समयमा विषेश गरी सुनचादीका पसल, कस्मेटीक पसल, जुत्ता चप्पल पसल र सारीचोलीका पसलहरुमा भिडभाड हुने गर्दछ । गएका वर्षहरुमा कोरोना संक्रमणका कारण थलिएका व्यापार व्यवसाय यस वर्ष भने केही मात्रामा माथि उकास्न सफल भएको व्यापारिहरु बताउछन् ।

तिज नजिकिदै गर्दा तिजको रौनकता बढ्दै गएपनि त्यसको मौलिकता भने हराउदै जान थालेको छ । पछिल्लो समय तिजको परम्परागत मौलिकता हराउदै जान थालेपछि मौलिकता गुम्न सक्ने भन्दै बुढापाकाले चिन्ता समेत गर्न थालेका छन ।

अहिले तिजका गीत गाएर,मादल बजाएर रमाइलो गर्नेहरु भन्दा पनि साउण्ड सिस्टम मार्फत नाच्ने प्रचलन बढ्दै गएको छ । पछिल्लो समय बजार क्षेत्रमा मात्र नभई गाउँ ठाउँमा पनि साउण्ड सिस्टममा तिज गीत बजाउने नाच्ने क्रम बढ्दो क्रममा छ ।

यसरी पछिल्लो समय नाच्दा, गाउदा कुनै पनि कुरामा मौलीकता समावेश गरेको नपाईदा पुर्खौ पुर्खादेखीको सस्कृती साच्चीकै गुम्दै जाने संकेत देखीएको भन्दै बुढापाकाहरुले चिन्ता व्यक्त गर्न थालेका हन् ।

‘पहिले हामी आफै गितहरु गाउथ्यौ, मादल, मुरेली आफै बजाउथ्यौ, नाच्थ्यौ रमाईलो हुन्थ्यो तर आजकाल ठुला ठुला साउन्ड बक्सहरुमा गित बजाउने नाच्ने चलन आएको छ, रमाईलो त अहिले पनि लाग्छ तर पहिले जस्तो हुदैन प्यूठान नगरपालिका ३ जुर्मी बसपार्क नजिकै वसोवास गर्दै आएकी थमीदेवी पाठकले भनिन् । हाम्रा पालामा दिनभरी खेतबारीको काम गथ्र्याै, बेलुका पख खाना खाएर दिदिबहिनीहरु एक घरमा जम्मा भएर रमाइलो गथ्र्यौ । तर आजकाल त तिजमा पनी धेरै बिकृती फैलीयो ।

तिज आउनु भन्दा एक महिना अघिबाट दर खाने नाच्ने गाउने गर्छन । त्यसैले तीज भड्किलो बन्दै गएको उनले बताइन । उनले भनिन्,कतिपए कलाकारले पनि उस्तै तिजका गितहरु बजारमा ल्याएका छन । तिजका गितहरुमा महिलाको दु :ख बेदना रोदनलाइ पछिल्लो पुस्ताका कलकारहरुले नसमेटेकाले पनि अहिलेका गितले समाजमा बिकृती बिसंगती फैलीएको उनको धारणा छ ।

उनी जस्तै पछिल्लो समय मौलीक संस्कृती धरासायी बन्दै गएको गुनासो गर्ने बृद्धबृद्धाहरु थुप्रै छन । तर बिडम्बना पछिल्लो समय आधुनिक जमाना भित्रीएसंगै मौलीक संस्कृती भने हराउदै गएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...