News Portal

रेडियो सुन्नुहोस्

कर्मचारीहरुबिच फुटवल प्रतियोगिता

झुलेनी पोष्ट २०७९ भदौ, २३ प्यूठान
१२३९ पटक
२०७९ भदौ, २३ प्यूठान

सरुमारानी गाउँपालिका तथा वडाका कर्मचारीहरुबिच फुटवल प्रतियोगिता सम्पन्न भएको छ । निजामती कर्मचारी सेवा दिवस २०७९ को अवसरमा गाउँपालिकास्तरिय फुटवल प्रतियोगिता बुधबार राति सम्पन्न भएको हो । “व्यवसायिक र सृजनशील प्रशासन,विकास समृद्धि र सुशासन “ भन्ने नारा सहित दिवसको अवसरमा विभिन्न प्रतियोगिता तथा खेलहरु संचालन गरिएको थियो ।

फुटवल खेल सहित महिला कुर्ची दौड प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिता संचालन गरिएको थियो ।
गाउँपालिका मातहतमा कार्यरत ११ जना कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान तथा पुरस्कृत समेत गरिएको छ ।

साथै दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा २ जना जनप्रतिनिधि , १४ कर्मचारी र १ जना सेवाग्राही गरि १७ जनाले रक्तदान समेत गरेका थिए ।

सरूमारानि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि रेग्मीको अध्यक्षतामा, गाउँपालिकाका आदरणिय अध्यक्ष झगबहादुर विश्वकर्माको प्रमुख आतिथ्यता एवम् गाउँपालिका मातहतमा कार्यरत कर्मचारी र जनप्रतिनिधीको उपस्थिती रहेको कार्यक्रमको संचालन प्रशासन शाखाका अधिकृत लक्षमण आचार्यले गर्नुभएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...