


कृतिम बुद्घिमता(एआई) को प्रयोगसम्बन्धि तालिम प्यूठानमा सम्पन्न भएको छ। जिल्लाका ५ क्याम्पस र ५ माविमा एआई र च्याट जिपिटी सम्बन्धि तालिम सञ्चालन गरिएको सामाजिक विकास डिभिजन कार्यालयका सूचना अधिकारी ईन्जिनियर पारस भण्डारीले बताए।
फागुन २४ देखि चैत्र २२ सम्म सञ्चालित तालिममा ३ सय १ जनाले सहभागिता जनाएका छन्। तालिमले नयाँ प्रविधिको प्रयोग र सिकाईमा सहयोग पुग्ने सहभागी विद्यार्थीले बताए।
(BE Electronics & Communication, IOE Pulchowk)का प्रशिक्षक महेश बन्जाडेले नया प्रबिधि प्रति युवापंतीको चासो बढ्दै गएको बताए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

