News Portal

रेडियो सुन्नुहोस्

महोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’

झुलेनी नेटवर्क२०८१ पौष १३
७१८ पटक
२०८१ पौष १३

प्रथम भित्रिकोट प्यूठान महोत्सवमा रेन्बो ट्राउट माछा बिक्रीका लागि राखिएको छ । २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा मात्र हुने उक्त माछा स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । नौबहिनी गाउँपालिका वडा नं. १ स्याउलिवाङमा पालिएको उक्त माछा बिक्रीका लागि आयोजकले निःशुल्क स्टल उपलब्ध गराएको छ ।

स्याउलिवाङका शिव घर्तीले ३० लाख लागतमा कोठिभिर फिस फर्म सञ्चालन गरेका छन् । ‘महोत्सवमा व्यापार र प्रचारका लागि स्टल राखेका छौँ।’ घर्तीले भने– ‘मूल्य महँगो भए पनि स्वास्थ्यका लागि लाभदायी छ ।’ महोत्सव स्थलमा प्रतिप्लेट ४ सय रुपैयाँ र प्रतिकिलो १६ सय रुपैयाँका दरले बिक्री भइरहेको बताए । नेपालमा उत्पादन हुने सबैभन्दा राम्रो जातको माछा रेन्बो ट्राउट सुत्केरी महिला, मुटुरोगिका लागि उपयुक्त हुने चिकित्सकहरू बताउँछन् ।

जिल्लाका २ ठाउँमा यो जातको माछा पालन गरिएको छ । गौमुखी गाउँपालिका वडा नं. १ अर्खाको कुशलसिँह थापा मगरले पनि ट्राउट माछा पालन गरेका छन् । चिसो तापक्रममा मात्र हुने यो प्रजातिको माछा महोत्सवमा पहिलो पटक ल्याइएको हो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...