News Portal

रेडियो सुन्नुहोस्

नेपाली हर्ट ग्रुपले प्युठान बरौलाकी टीका जिसिलाई दियो ५० हजार , परिवारमा छायो खुसी ।

बाेम बहादुर परियार२०७९ कार्तिक २७, प्यूठान
१००६ पटक
२०७९ कार्तिक २७, प्यूठान

नेपालका विभिन्न ठाउहरु पुर्ब मेची देखि पस्चिम महाकाली सम्म सहयोग गर्दै आईरहेको नेपाली हर्ट ग्रुपले आइतबार प्युठान बरौलाको एक बृद्धलाई ५० हजार सहयोग गरेको छ ।
प्यारालाईसिसका कारण लामो समय देखि बिस्तारामा अपाङ्ग जीवन बिताईरहेकी ऐरावती गाउपालिका २ बरौला साहित्य डाडाकी ५७ वर्षिय टीका जि सि लाई ग्रुप ले घरमै पुगि रकम हस्तान्तरण गरेको हो ।

नेपाली हर्ट ग्रुपका अन्तर्राष्ट्रिय होस्ट डिल्लिराज पराजुलिको अध्यक्षता र ऐरावती गाउपालिकाका कार्येपालिका सदस्य सरस्वता जिसिको प्रमुख आथित्यतामा साईतबार सहयोग हस्तान्तरण कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती सरस्वता जिसिले गरिब दुखी तथा अपाङ्गहरुको लागि हर्ट ग्रुपले महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद समेत दिएकि थिईन ।

त्यस्तै हर्ट ग्रुपलाई आबस्यक परेको बेला आफ्नो ब्यक्तीगत तथा पालिकाको तर्फदेखी सहयोग मिल्ने उनले बताईन ।

सामाजिक सन्जाल टिकटक बाट स्थानिय सुबास जिसिको पहलमा टिकटक लाईभ बसि नेपाल तथा बिदेशबाट हर्ट ग्रुपका सदस्यहरुद्वारा रकम संकलन गरि सहयोग गरेको नेपाली हर्ट ग्रुपका अध्यक्ष डिल्लिराज पराजुलिले बताए ।
हर्ट ग्रुपले यस अधि पनि सोही पालिकाकै धुबाङका पहिरो पिडित २५ घरपरिवार लाई राहात सामाग्री सहयोग गरेको थियो ।

गरिब, दुखी , अपाङ्ग , बाढी तथा पहिरो पिडित ,परिवार गुमाएका टुहुरा बालबालिका , लगायतलाई दुखको बेला सहयोग गर्दै आएको हर्ट ग्रुपले बरौलामा गरेको यो ४६ औ कार्यक्रम हो ।
सहयोगार्थ कार्यक्रममा स्थानिय समाजसेबि पबित्रा जिसि , लाल बहादुर जिसि , भिम बहादुर जिसि , मोति माबी बरौलाका शिक्षक देबराज ज्ञवाली लगायको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै उनिहरुले हर्ट ग्रुपको प्रसम्सा गर्दै सस्थासङ्ग जोडिएर आगामी दिनहरुमा पनि आफुले सहयोग गर्ने बताएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन...

जिप दुर्घटनामा २ जनाको मृत्यु

सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ लु २ च २९९० नम्बरको...

कृतिम बुद्घिमता(एआई) सम्बन्धि तालिम सम्पन्न

कृतिम बुद्घिमता(एआई) को प्रयोगसम्बन्धि तालिम प्यूठानमा सम्पन्न भएको छ। जिल्लाका ५ क्याम्पस र ५ माविमा...

प्यूठानमा झण्डै ५० करोड घुम्तिकोष हराउने अवस्थामा !

आरम्भः आर्थिक रुपमा विपन्न तथा बन्चितिकरणमा परेका समुदायलाई विकास प्रकृयामा सहभागि गराइ गरिवी निवारणमा योगदान...

७ किलोमीटर दौड प्रतियोगितामा नौवहिनीका दामोदर प्रथम

युबा हित मंच प्यूठान नगरपालिका २ ले आयोजना गरेको क्वाडी बेलुवा देखि बाग्दुला सम्म(७ कि...