News Portal

रेडियो सुन्नुहोस्

नेपाली हर्ट ग्रुपले प्युठान बरौलाकी टीका जिसिलाई दियो ५० हजार , परिवारमा छायो खुसी ।

बाेम बहादुर परियार२०७९ कार्तिक २७, प्यूठान
१४८९ पटक
२०७९ कार्तिक २७, प्यूठान

नेपालका विभिन्न ठाउहरु पुर्ब मेची देखि पस्चिम महाकाली सम्म सहयोग गर्दै आईरहेको नेपाली हर्ट ग्रुपले आइतबार प्युठान बरौलाको एक बृद्धलाई ५० हजार सहयोग गरेको छ ।
प्यारालाईसिसका कारण लामो समय देखि बिस्तारामा अपाङ्ग जीवन बिताईरहेकी ऐरावती गाउपालिका २ बरौला साहित्य डाडाकी ५७ वर्षिय टीका जि सि लाई ग्रुप ले घरमै पुगि रकम हस्तान्तरण गरेको हो ।

नेपाली हर्ट ग्रुपका अन्तर्राष्ट्रिय होस्ट डिल्लिराज पराजुलिको अध्यक्षता र ऐरावती गाउपालिकाका कार्येपालिका सदस्य सरस्वता जिसिको प्रमुख आथित्यतामा साईतबार सहयोग हस्तान्तरण कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती सरस्वता जिसिले गरिब दुखी तथा अपाङ्गहरुको लागि हर्ट ग्रुपले महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद समेत दिएकि थिईन ।

त्यस्तै हर्ट ग्रुपलाई आबस्यक परेको बेला आफ्नो ब्यक्तीगत तथा पालिकाको तर्फदेखी सहयोग मिल्ने उनले बताईन ।

सामाजिक सन्जाल टिकटक बाट स्थानिय सुबास जिसिको पहलमा टिकटक लाईभ बसि नेपाल तथा बिदेशबाट हर्ट ग्रुपका सदस्यहरुद्वारा रकम संकलन गरि सहयोग गरेको नेपाली हर्ट ग्रुपका अध्यक्ष डिल्लिराज पराजुलिले बताए ।
हर्ट ग्रुपले यस अधि पनि सोही पालिकाकै धुबाङका पहिरो पिडित २५ घरपरिवार लाई राहात सामाग्री सहयोग गरेको थियो ।

गरिब, दुखी , अपाङ्ग , बाढी तथा पहिरो पिडित ,परिवार गुमाएका टुहुरा बालबालिका , लगायतलाई दुखको बेला सहयोग गर्दै आएको हर्ट ग्रुपले बरौलामा गरेको यो ४६ औ कार्यक्रम हो ।
सहयोगार्थ कार्यक्रममा स्थानिय समाजसेबि पबित्रा जिसि , लाल बहादुर जिसि , भिम बहादुर जिसि , मोति माबी बरौलाका शिक्षक देबराज ज्ञवाली लगायको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै उनिहरुले हर्ट ग्रुपको प्रसम्सा गर्दै सस्थासङ्ग जोडिएर आगामी दिनहरुमा पनि आफुले सहयोग गर्ने बताएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...