News Portal

रेडियो सुन्नुहोस्

सार्वजनिक यातायातमा नयाँ भाडादर लागु(प्यूठानवाट कहाँका लागि कति?)

सिखवर डेस्कअसोज ८ प्यूठान
२१५१ पटक
असोज ८ प्यूठान

सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको सरकारले अाइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर पनि समायोजन गर्नुपर्ने माग गरेका थिए । त्यसै अनुरुप यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।

नयाँ कायम भएको भाडादर अनुसार अव प्यूठानवाट काठमाण्डौका लागि भाडा ९२८ लाग्ने भएको छ। ४३२ किलोमिटर दुरी रहेको उक्त रुटमा साविकको भाडादर ८४४ रुपैयाँ थियो। यस्तै नेपालगञ्ज भालुवाङ प्यूठानका लागि ४६४ लाग्ने भएकोे छ। २१६ कि.मि. दुरीको यो रुटको साविकको भाडा ४२२ रहेको थियो। प्यूठानवाट भालुवाङ हुदै महेन्द्रनगर पुग्न ७९२ लाग्नेछ। ४०१ कि. मि. दुरीको यो रुटको साविकको भाडा७२० रहेको थियो। कोठियाघाटवाट नेपालगञ्ज हुदै प्यूठान पुग्ने २६९ कि.मि. रुटको साविकको भाडा ४९७ भएकोमा अव ५४७ लाग्नेछ।

डिलक्स सेवा प्रदायकहरुले भने यो भाडामा २० प्रतिसत रकम थप गरि लिनेछन्। त्यसका लागि गाडिको व्लुवुकमा यातायात व्यवस्था विभाग अन्तर्गत भिएफटिसि टेकुवाट डिलक्स सुविधा लिएको प्रमाणित भएको हुनुपर्नेछ।

यसअघि २०७२/१०/२५ मा भाडादर कायम गर्दा पेट्रेलको ९९ र डिजलको ७५ रुपैया मुल्य कायम गरिएको थियो। हाल २०७५/०६/०७ मा पेट्रोलको ११४ र डिजलको १०१ कायम गरिएको छ।

विगतमा भाडादर निर्धारण गर्दा ईन्धनको ३५ प्रतिसत अंस र अन्य सुचकको ६५ प्रतिसत अंस रहेकोमा हाल अन्य सुचक यथावत राखि ईन्धनको सुचकको आधारमा १० प्रतिसतले वृद्धि गरिएको छ।

दशै तिहार लगायतका चाडपर्वको मुखमा भाडा वृद्धि गरेको भन्दै उपभोक्ता अधिकारकर्मिहरुले यसको विरोध गरेका छन्।

नयाँ भाडादर

Bhadadar 2075-06-07 (1)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...