News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रपति रनिङ्ग शिल्ड प्यूठान नगरपालिकामा आजबाट सुरु

बिबश घर्ति मगर१४ पुष २०७९
८१९ पटक
१४ पुष २०७९

पठन जीवन मात्र नभएर बहुमुखी जीवन बनाउन आवश्यकता रहेको जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सीले बताएका छन् । प्यूठान नगरपालिकाले आयोजना गरेको तेस्रो अन्तर मा.बि स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नारामा भनिए जस्तो स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद मात्र नभई अनुशासनको हिसाबले समेत महत्व मानिएकाले अनुशासन भएर खेल्न आग्रह गरे । जिल्ला, प्रदेश र राष्ट्र सँगै अन्तराष्ट्रिय स्तरमा समेत यस खेलबाट माथी पुग्न सकिने बताएका हुन् । शैक्षिक सुधारका कार्यक्रमहरु जिल्लाको स्थानीय तहहरुमध्ये प्यूठान नगरपालिका पहिलो भएको भन्दै जिल्लाको एउटा महत्वपूर्ण स्थानीय तह मानिएको समेत उनले बताए । खेलकुदका प्रत्येक बिधामा हिजोका दिनमा जिल्लाबाट प्रदेश र केन्द्र स्तरमा पठाउन नसक्दा यो जिल्ला पछि परेको भन्दै अव त्यो हुन नदिनका लागि खेलकुदका बिषयलाई चासोका साथ हेर्न अपिल गरे ।


त्यस्तै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले यो खेलकुदले नगर क्षेत्रलाई मात्र नभएर सिंगो जिल्लालाई पनि समेत्ने भन्दै यसलाई अझै सक्रिय रुपमा अगाडी बढाउन आग्रह गरेका छन् । यो खेलबाट अन्तराष्ट्रिय स्तरमा समेत पुग्न सकिने भएकाले खेलमा अनुशासित भएर खेल्नुपर्ने बताउनुभयो ।


उदघाटन कार्यक्रमलाई समापन गर्दै प्यूठान नगरपालिका नगर प्रमुख बिष्णु योगिले खेलमा आत्मसम्मान र अनुशासित भएर अगाडी बढ्न सके खेलकुदमा उत्कृष्ट हुन सकिने बताएका हुन् । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नको लागि यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । खेलाडीहरुले खेलले देखाउन खोजेको भावलाई बुझ्न जरुरी रहेको भन्दै यो कार्यक्रमले एकजना उत्कृष्ट खेलाडी, एउटा उत्कृष्ट बिद्यालय र नमुना बिद्यालय बनाउन सहयोग पुग्ने बताएका हुन् ।

कार्यक्रममा एथलेटिक्स, फिल्ड उफ्रने र फ्याक्ने तर्फ लङ्गजम्प, हाईजम्प, त्रिपलजम्प, सटपुट थ्रो, ज्याभलिङ थ्रो, रिले दौड, कवडडी, कराते र भलिबल रहेको छ । सो कार्र्यक्रम १४ गते देखी १६ सम्म सञ्चालन हुने बताइएको छ । नगरपालिका भित्र रहेको ११ बिद्यालय सहभागि भएका छन् ।

बिद्यालयका टिम क्याप्टेनलाई शपथ दिदै

निर्णायकहरुलाई शपथ

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...