News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रपति रनिङ्ग शिल्ड प्यूठान नगरपालिकामा आजबाट सुरु

बिबश घर्ति मगर१४ पुष २०७९
४३३ पटक
१४ पुष २०७९

पठन जीवन मात्र नभएर बहुमुखी जीवन बनाउन आवश्यकता रहेको जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सीले बताएका छन् । प्यूठान नगरपालिकाले आयोजना गरेको तेस्रो अन्तर मा.बि स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नारामा भनिए जस्तो स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद मात्र नभई अनुशासनको हिसाबले समेत महत्व मानिएकाले अनुशासन भएर खेल्न आग्रह गरे । जिल्ला, प्रदेश र राष्ट्र सँगै अन्तराष्ट्रिय स्तरमा समेत यस खेलबाट माथी पुग्न सकिने बताएका हुन् । शैक्षिक सुधारका कार्यक्रमहरु जिल्लाको स्थानीय तहहरुमध्ये प्यूठान नगरपालिका पहिलो भएको भन्दै जिल्लाको एउटा महत्वपूर्ण स्थानीय तह मानिएको समेत उनले बताए । खेलकुदका प्रत्येक बिधामा हिजोका दिनमा जिल्लाबाट प्रदेश र केन्द्र स्तरमा पठाउन नसक्दा यो जिल्ला पछि परेको भन्दै अव त्यो हुन नदिनका लागि खेलकुदका बिषयलाई चासोका साथ हेर्न अपिल गरे ।


त्यस्तै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले यो खेलकुदले नगर क्षेत्रलाई मात्र नभएर सिंगो जिल्लालाई पनि समेत्ने भन्दै यसलाई अझै सक्रिय रुपमा अगाडी बढाउन आग्रह गरेका छन् । यो खेलबाट अन्तराष्ट्रिय स्तरमा समेत पुग्न सकिने भएकाले खेलमा अनुशासित भएर खेल्नुपर्ने बताउनुभयो ।


उदघाटन कार्यक्रमलाई समापन गर्दै प्यूठान नगरपालिका नगर प्रमुख बिष्णु योगिले खेलमा आत्मसम्मान र अनुशासित भएर अगाडी बढ्न सके खेलकुदमा उत्कृष्ट हुन सकिने बताएका हुन् । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नको लागि यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । खेलाडीहरुले खेलले देखाउन खोजेको भावलाई बुझ्न जरुरी रहेको भन्दै यो कार्यक्रमले एकजना उत्कृष्ट खेलाडी, एउटा उत्कृष्ट बिद्यालय र नमुना बिद्यालय बनाउन सहयोग पुग्ने बताएका हुन् ।

कार्यक्रममा एथलेटिक्स, फिल्ड उफ्रने र फ्याक्ने तर्फ लङ्गजम्प, हाईजम्प, त्रिपलजम्प, सटपुट थ्रो, ज्याभलिङ थ्रो, रिले दौड, कवडडी, कराते र भलिबल रहेको छ । सो कार्र्यक्रम १४ गते देखी १६ सम्म सञ्चालन हुने बताइएको छ । नगरपालिका भित्र रहेको ११ बिद्यालय सहभागि भएका छन् ।

बिद्यालयका टिम क्याप्टेनलाई शपथ दिदै

निर्णायकहरुलाई शपथ

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...