News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा चिस्यान केन्द्रको शिल्यान्यास

वासुदेव गिरी२०७९ पुस २२ प्यूठान
६५९ पटक
२०७९ पुस २२ प्यूठान

प्युठानको झिमरुक गाउँपालिकाले चिस्यान केन्द्र भवनको शिल्यान्यास गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि झिमरुक गाउँपालिका वडा नं ५ रिपापाखा सेवा केन्द्र नजिक निर्माण हुन लागेको चिस्यान केन्द्रको शिल्यान्यास झिमरुक गाउँपालिकाका अध्यक्ष पित वहादुर महतरा क्षेत्रीले गरेका हुन ।चिस्यान केन्द्रको शिल्यान्यास गर्दै अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले भने, निर्माण सम्पन्न भएपछि स्थानीय कृषकले आफुले उत्पादित बस्तुहरुलाई सुरक्षित किसिमले स्टोर गर्न सक्ने छन्, । हाम्रो क्षेत्र कृषि र फलफुलको पकेट क्षेत्र भएकोले उत्पादित मौसमी, सुन्तला र आलु लाई स्टोरमा भण्डारन गरेर लामो समय टिकाइ राख्न झिमरुक बासी किसानहरुलाई सहज र फाइदा पुग्ने अध्यक्ष महतरा क्षेत्रीले बताए ।

कृषकले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल खेतीलाई उचित ब्यवस्थापन गर्न सकिने उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । निर्माणको काम समयमै सम्पन्न गर्न र डिजाइन र लागत अनुसार कार्य गर्न निर्माण कम्पनीलाई उपाध्यक्ष पोख्रेलले सुझाव दिए। बहुवर्षिय आयोजनाको रुपमा निर्माण हुन लागेको कोल्ड स्टोरको कुल लागत २ करोड १४ लाख रहेको प्राविधिक नगेन्द्र आचार्यले बताए । अघिल्लो आ।ब। सम्झौता गरिएको आयोजनाको आर्थिक वर्ष २०७९÷०८० को जेठ मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखिएको छ । रविना जुगल इभिना जेभि निर्माण कम्पनीले जिम्मा लिएर आजबाट निर्माण कार्य सुरु गर्दैछ । कार्यक्रममा झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, लेखा अधिकृत पिताम्बर मरासिनी प्राविधिक निर्माण ब्यवसायी स्थानीय बासीको उपस्तिथि रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...