News Portal

रेडियो सुन्नुहोस्

व्यवसायीका समस्याप्रति गम्भीर छौं : नगर प्रमुख योगी

झुलेनी पोष्ट२०७९माघ,
६८७ पटक
२०७९माघ,

उद्योगी तथा व्यवसायीहरुको समस्याप्रति नगरपालिका गम्भीर भएको प्युठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले बताएका छ ्।
शनिबार होटल आयुष्मा जुम्रीमा आयोजित प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको १८ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख योगीले भने, ’व्यवसायी समृद्ध हुनुनै नगरको समृद्धि हो । व्यवसायीले भोग्नु परेका तमाम समस्याप्रति हामीहरू गम्भीर छौं।’
निजी क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योगी तथा व्यवसायीहरुको छाता संगठनको रूपमा उद्योग वाणिज्य संघले उठाएका हरेक व्यवसायीक मुद्धाहरुमा नगरपालिकाले आवस्यक सहकार्य, सहयोग तथा माग सम्बोधन गर्दै जाने नगर प्रमुख योगीले बताए । समृद्ध नगरपालिका बनाउने अभियानका प्रमुख हिस्सेदार उद्योगी व्यवसायीहरुनै भएको उनले बताए ।साधारण सभाका विशेष अतिथिको रूपमा रहेका प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले प्यूठानी उद्योगी व्यवसायीका समस्या समाधानमा सहयोग गर्ने निर्णायक तह भनेकै नजिकैको स्थानीय सरकार रहेको बताए । ’हामीले राज्यलाई सहयोग गर्दै आएका छौं तर राज्यले उचित सम्बोधन गर्न सकेको अवस्था छैन ।’ नकर्मीले भने, ’समृद्ध प्यूठान बनाउने अभियानमा प्यूठानका सबै स्थानीय सरकारसंग हामी संगसंगै हातेमालो गर्न चाहन्छौँ ।’
साधारण सभामा संस्थाको सांगठनिक प्रतिवेदन सचिव कमल प्रसाद पौडेलले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष रोहिणीराज पोख्रेलले प्रस्तुत गरेका थिए। कार्यक्रममा नगर बजार क्षेत्रका संस्थापक अध्यक्ष केशव कर्माचार्यलाई कदर पत्र प्रदान गरिएको थियो।संस्थाले आव २०७९÷०८० तर्फ प्रस्तावित २५ लाख रुपैयाँ बराबरको आय तथा व्यय प्रस्तुत गरेको छ । आगामी २ वर्ष भित्र संस्थाको सचिवालय भवन निर्माण सम्पन्न गर्ने मुख्य लक्ष्य राखिएको प्युठान नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलि खानले जानकारी दिए।
साधारण सभाले अनाधिकृत झोले कुम्ले, सडक व्यापार, घुमन्ते व्यापारलाई पूर्ण रूपमा निरुत्साहित गर्ने, करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने, व्यवसायिक कर तर्फ नगरपालिकासंग साझेदारी गर्दै एकद्वार प्रणाली लागु गर्ने आदि प्रस्तावित कार्यक्रमहरु पारित गरेको छ। साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशिल पोख्रेल, नगर प्रवक्ता सुमनराज श्रेष्ठ, पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष सञ्जय रिजाल, उद्योग वाणिज्य संघ प्यूठानका महासचिव सन्देश आचार्य लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...