News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा स्थानीय तहका कर्मचारी बीच मैत्रिपूर्ण फुटवल प्रतियोगिता सुरु

बिबश घर्ति मगर०७ माघ २०७९
४२५ पटक
०७ माघ २०७९

प्यूठानमा स्थानीय तहका कर्मचारी बीच मैत्रिपूर्ण फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ । प्यूठान नगरपालिकाको आयोजनामा सुरु भएकोे प्रतियोगितामा जिल्लाका ९ वटा स्थानीय तह मध्ये स्वर्गद्वारी नगरपालिका बाहेक ८ स्थानीय तहले प्रतिष्पर्धामा भाग लिएका छन् । शनिबार विहान १० वजेबाट प्यूठान नगरपालिका ४ स्थित गणतान्त्रीक खेलकुद मैदानमा खेल सुरु भएको हो । खेलमा प्यूठान नगरपालिका र ऐरावती गाउँपालिका, नौबहिनी र झिमरुक ,गौमुखी र मल्लरानी, सरुमारानी र माण्डवी गाउँपालिका बीच पहिलो चरणमा प्रतिस्पर्धा भएको छ ।

पहिलो चरणको खेलमा प्यूठान नगरपालिकाले ऐरावती गाउँपालिकालाई ३.१ को गोलले पराजित गरेको छ । गौमुखी गाउँपालिकाले २.० को गोलले मल्लरानी गाउँपालिकालाई पराजित गरेको छ भने त्यस्तै सरुमारानी र माण्डवी गाउँपालिका बिच भएको खेलमा सरुमारानी ले २ गोल गर्दै सेमिफाइनलमा पुगेको हो । नौबहिनी गाउँपालिका र झिमरुक गाउँपालिका बिच भएको खेलमा नौबहिनी गाउँपालिकाले ३.० ले पराजित गरेको छ । यी ४ गाउँपालिकाको खेल आइतबार बिहान १० बजे चिटठा टिपेर खेलाइने प्यूठान नगरपालिका सहायक कप्तान माधब गिरीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...