News Portal

रेडियो सुन्नुहोस्

गाउँपालिका अध्यक्ष अधिकारीद्धारा विभिन्न कामकाजको अबलोकन

झुलेनी पोष्ट०७ माघ २०७९
५५८ पटक
०७ माघ २०७९

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसनले डामृखोला खरिबाङ धन्चौर ग्यान बैजेरी कुइरेपानी हुँदै भातमारे मुर्कुटी सडकको अबलोकन गरेका छन् । निर्माण कार्य जारी रहेको सडकको अबलोकन पछि उनले समयमा नै काम सप्पन्न गर्ने सम्बन्धित पक्षलाई अनुरोध गर्दै स्थानीय सरकार सधै जनताको साथमा रहेको बताए । जनताको समस्याको पहिचान गरि समाधान गर्न तर्फ सधैं लागिरहने समेत बताएका छन् । यसै गरि भातमारे लेखमा निर्माण हुनलागेको पर्यटकिय स्थलको पनि गाउँपालिका अध्यक्ष अधिकारीले निरीक्षण गरे। निरीक्षणका क्रममा उनले निर्माणधिन संरचनाको काम समयमै सम्पन्न गर्नुका साथै गुणस्तरीय र प्राविधिक मापदण्ड अनुसार गर्न सम्वन्धित पक्षलाइ निर्देशन दिए । अबलोकनमा वडा नं २ का वडा अध्यक्ष प्रकाश वलि,वडा सदस्य यम बहादुर पुन,समाजसेवी छबिलाल पुन लगायत सरोकारवाला,उपभोक्ता र स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...