News Portal

रेडियो सुन्नुहोस्

बतासेडाडा, सेपुङ हुँदै ओखरबोट मोटरबाटो स्तरउन्नतिको कार्य सुरु

बिबश घर्ति मगर०७ माघ २०७९
५७६ पटक
०७ माघ २०७९

बतासेडाडा, सेपुङ हुँदै ओखरबोट मोटरबाटो स्तरउन्नतिको कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार अर्थ तथा सहकारी मन्त्रालयद्रारा बिनियोजित रकम १८ लाखमा सडकलाई थप ब्यबस्थित र फराकिलो गराउदै जनतालाइ सहज यात्राको डेलिभरी गराउन मोटरबाटो स्तरउन्नती गर्न लागिएको ३ नं वडा अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिऐ । त्यस सडकमा करिब ३ महिना पहिले देखि बस संचालनमा आएको थियो । सोही अवसरमा नियमीत सार्बजनिक बस सेवालाई सडकको स्तरउन्नतिबाट अब थप सहज र प्रभाबकारी पुग्ने बताइएको छ । गत भदौ असोजमा यो बजेट आएपनि बर्षाको समय भन्दै अहिले यो काम सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताए । बर्षाको समयमा हिलाम्य र काम गर्न असजिलो हुने भएको कारण हिउँदको समयमा सारिएको उनको भनाई छ । बतासेडाडा, सेपुङ हुँदै ओखरबोट मोटरबाटोको लम्बाई १४ किलोमिटर भए पनि हाल १० किलोमिटर मा स्तरउन्नती भइरहेको छ । सो काम यो आर्थिक बर्षको मसान्तासम्ममा पुरा गर्नुपर्ने भए पनि उपभोक्ता समिति मार्फत भएका कारण बैशाख सम्ममा काम सक्न उपभोक्तालाई आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...