News Portal

रेडियो सुन्नुहोस्

सांगितिक पि.टि.प्राथाना र पुर्नताजकीय कार्यशालाको कार्यक्रम गाउँपालिका अध्यक्ष अधिकारीद्धारा उदघाटन

झुलेनी पोष्ट११ माघ २०७९
७३६ पटक
११ माघ २०७९

माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सामुदायिक र सस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि शिक्षा ब्यवस्थापन तालिम तथा सामुदायिक विद्यालयका खेलकुद शिक्षक र बिद्यार्थीहरुका लागी सांगितिक पि.टि.प्राथाना र पुर्नताजकीय कार्यशालाको कार्यक्रम वुधबार गाउँपालिका अध्यक्ष नमराज अधिकारी –रोसनले उदघाटन गरेका छन् । उदघाटन कार्यक्रममा अध्यक्ष अधिकारीले शिक्षामा गरिएको लगानी अनुसारको प्रतिफल निकाल्न शिक्षक जिम्मेवारी रहनु पर्ने बताए । साथैे शिक्षा, स्वास्थ र खेलकुद रास्ट्रको लागि जरुरी रहेको बताउदै अध्यक्ष अधिकारीले शिक्षकहरुले आफुले गरेको मेहनतको आफै सोमुल्याङकन गर्नु पर्ने पनि बताएका हुन् ।

माण्डवी गाउँपालिका शिक्षा शाखा प्रमुख तुल्सा कार्किले सचालन गरेको कार्यशालामा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले रिजल्ट सन्तोषजनक नभएको बताउदै सिकाइ उपलब्धि अनिवार्य रहेको बताए । शुक्रबारसम्म संचालन हुने कार्यशालाको प्रशिक्षकमा शिक्षा विद एवम कालिका मनोविज्ञान विद्यालय रुपन्देहीका प्रधानाध्यापक दिनेश थापा, प्रदेश खेलकुद परिषद सदस्य हरिष वलि रहेका छन् । वडा न.३ का अध्यक्ष धनेन्द्र कार्किले स्वागत गरेकोे कार्यक्रममा माण्डवी गाउँपालिका भित्र रहेका माध्यामिक बिधालय, आधारभुत तहका प्रधानाध्यापकहरु, खेल शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...