News Portal

रेडियो सुन्नुहोस्

सांगितिक पि.टि.प्राथाना र पुर्नताजकीय कार्यशालाको कार्यक्रम गाउँपालिका अध्यक्ष अधिकारीद्धारा उदघाटन

झुलेनी पोष्ट११ माघ २०७९
७२४ पटक
११ माघ २०७९

माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सामुदायिक र सस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि शिक्षा ब्यवस्थापन तालिम तथा सामुदायिक विद्यालयका खेलकुद शिक्षक र बिद्यार्थीहरुका लागी सांगितिक पि.टि.प्राथाना र पुर्नताजकीय कार्यशालाको कार्यक्रम वुधबार गाउँपालिका अध्यक्ष नमराज अधिकारी –रोसनले उदघाटन गरेका छन् । उदघाटन कार्यक्रममा अध्यक्ष अधिकारीले शिक्षामा गरिएको लगानी अनुसारको प्रतिफल निकाल्न शिक्षक जिम्मेवारी रहनु पर्ने बताए । साथैे शिक्षा, स्वास्थ र खेलकुद रास्ट्रको लागि जरुरी रहेको बताउदै अध्यक्ष अधिकारीले शिक्षकहरुले आफुले गरेको मेहनतको आफै सोमुल्याङकन गर्नु पर्ने पनि बताएका हुन् ।

माण्डवी गाउँपालिका शिक्षा शाखा प्रमुख तुल्सा कार्किले सचालन गरेको कार्यशालामा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले रिजल्ट सन्तोषजनक नभएको बताउदै सिकाइ उपलब्धि अनिवार्य रहेको बताए । शुक्रबारसम्म संचालन हुने कार्यशालाको प्रशिक्षकमा शिक्षा विद एवम कालिका मनोविज्ञान विद्यालय रुपन्देहीका प्रधानाध्यापक दिनेश थापा, प्रदेश खेलकुद परिषद सदस्य हरिष वलि रहेका छन् । वडा न.३ का अध्यक्ष धनेन्द्र कार्किले स्वागत गरेकोे कार्यक्रममा माण्डवी गाउँपालिका भित्र रहेका माध्यामिक बिधालय, आधारभुत तहका प्रधानाध्यापकहरु, खेल शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...