News Portal

रेडियो सुन्नुहोस्

गरिबी निवारणका लागि लघु उद्यम विकास तालिम सुरु

झुलेनीपोष्ट२०७९ माघ १२
६५६ पटक
२०७९ माघ १२

गरिबी निवारणका लागि लघु उद्यम विकास तालिम सुरु भएको छ । माण्डवी गाउँपािलका वडा नं.१ तिराममा सञ्चालन हुन लागेको तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष नवराज अधिकारीले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले तालिम उपलब्धीमुलक हुनुपर्ने बताएका छन् । साथै उनले तालिम प्राप्त गरिसकेपछि सिकेको सिपलाई सदुपयोग गर्दै निरन्तर र लगनशील तरिकाले व्यवसायीक हुनुपर्नेमा जोड दिनुपर्ने बताए ।

आज देखी सुरु भएको गरिबी निवारणका लागि लघु उद्यम विकास तालिम माघ १९ गते सम्म चल्ने बरिष्ठ लघु उद्यम विकास सहजकर्ता फुर्स बहादुर नेपालीले बताएका छन् । गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीको विशेष आथित्यता र वडा नं.१ तिरामका वडा अध्यक्ष बाम बहदुर बुढाको अध्यक्षता रहेको तालिमको सहजीकरण लघु उद्यम विकास सहजकर्ता फुर्स बहादुर नेपालीले गर्नुभएको थियो । तालिममा २५ जना प्रशिक्षार्थीहरु सहभागी भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...