News Portal

रेडियो सुन्नुहोस्

“एक घर, एक स्वच्छ ” पिउने पानीको धारा सन २०३० सम्म – अध्यक्ष महतरा क्षेत्री

बिबश जि एम१३ माघ २०७९
३८८ पटक
१३ माघ २०७९

झिमरुक गाउँपालिकामा शुक्रबार एकै दिन ३ वटा बैठक सम्पन्न भएको छ । गोर्खा वेल्फेयर टष्ट्र नेपाल उत्थानशील खानेपानी सरसफाई, विपद व्यवस्थापन सम्बन्धि र गाउँपालिकाको गाउँकार्यापालिका बैठक गरि विभिन्न ३ तहमा बैठक एकै दिन सम्पन्न भएको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिए ।
गोर्खा वेल्फेयर टष्ट्र नेपाल उत्थानशील खानेपानी सरसफाई कार्य निर्देशकका तर्फबाट दिपक कुमार श्रेष्ठ र झिमरुक गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीको हस्ताक्षरमा सम्पन्न भई सम्झौता पत्र आदन प्रदान भएको हो । बिशेष गरेर यो सम्झौता स्वच्छ खानेपानी सँग सम्बन्धित भएको उनले बताए ।

सो बैठकले विभिन्न ५ बुदामा सम्झौता पत्रको उदेश्य सहित पारित गरेको छ ।
(१) खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि योजना बनाउने
(२) खानेपानी तथा सरसफाई सम्बन्धि पूर्वाधार निर्माण गर्ने
(३) व्यवहार परिवर्तनको माध्यमबाट सुरक्षित खानेपानी सरसफाइ तथा आपतकालिन पूर्व तयारी सम्बन्धि ज्ञान र सीपको बिकास गराउने
(४) आपतकालिन तयारी तथा प्रतिकार्य योजना बनाउने
(५) अनुगमन, मुल्याङ्गकन तथा सीप र अनुभवको विस्तार गर्ने गरि योजना बनाउने

साथै सन २०३० सम्म दिगो बिकास लक्ष्य पुरा गर्नको लागि कोसे ढुङ्गा सावित हुने समेत बताए । सन २०३० सम्म झिमरुक गाउँपालिका भित्र रहेका ६ हजार १३० घरधुरीले “एक घर, एक स्वच्छ ” पिउने पानीको धारा अवधारणा अनुसार पानी पिउन पाउने जानकारी गराए । साथै हाल यसै चालु आर्थिक बर्ष भित्र सम्पन्न हुने गरि गाउँपालिकाले ४ वटा खोनपानी आयोजना सम्पन्न गर्ने भएको छ । आयोजनामा स्नाथान नुनथला खानेपानी आयोजना वडा नं ८, गैराडाँडा खानेपानी तथा सिम्लिनी खानेपानी आयोजना वडा नं ३ र वडा नं ४ को आयोजना रहेका छन् ।


त्यस्तै विपद व्यवस्थापन कोष सञ्चालक समितिको बैठक पनि बसेको हो । बैठकले झिमरुक गाउँपालिका भित्र रहेका ८ वटै वडामा रहेका जोखिमयूक्त ठाउँहरुमा संभाव्यता अध्ययन गरि आकस्मिक रुपमा हुने कुनै पनि विपदको सामनाको लागि पूर्व तयारीका निम्ति विशेष कार्ययोजना बनाउने निर्णय भएको उनले जानकारी दिएका छन् ।

झिमरुक गाउँपालिका गाउँकार्यपालिकाको बैठक पनि शुक्रबार नै सम्पन्न भएको छ । बैठकले सडक बोर्ड मार्फत प्राप्त रहेको बजेट र गाउँपालिकाले २० प्रतिशत बजेट थप गरि बाटो निर्माण गर्ने निर्णय गरेको हो । सडक बोर्ड मार्फत १७ लाख र गाउँपालिकाको ३ लाख ४० हजार गरि कुल लागत २० लख ४० हजारमा बाडिखोला आरुपाटा र ओखरकोट खण्डको आरुपाटामा बाटो मर्मत गर्ने भएको छ । त्यस्तै विभिन्न पेश व्यवसायहरुलाई दर्ता प्रकियामा ल्याउन बाटो छेउमा बन्ने पक्कि संरचनाको हकमा गाउँपालिकाले तोकिए अनुसारको मापदण्डमा मात्र बनाउन पाउने भनिएको छ । झिमरुक गाउँपालिका समृद्धिको निमित्त सरोकारवाला सबै र विज्ञ सहितको टोलीबाट आगामी फागुन ८ र ९ गते बृहत कार्यशाला गोष्ठि सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले बताए । सो काम उपभोक्ता अनुसार फागुनको पहिलो हप्तादेखी सुरु गरि त्यहि महिनामै सकिने गरेर काम थाल्ने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...