News Portal

रेडियो सुन्नुहोस्

“एक घर, एक स्वच्छ ” पिउने पानीको धारा सन २०३० सम्म – अध्यक्ष महतरा क्षेत्री

बिबश जि एम१३ माघ २०७९
१०४६ पटक
१३ माघ २०७९

झिमरुक गाउँपालिकामा शुक्रबार एकै दिन ३ वटा बैठक सम्पन्न भएको छ । गोर्खा वेल्फेयर टष्ट्र नेपाल उत्थानशील खानेपानी सरसफाई, विपद व्यवस्थापन सम्बन्धि र गाउँपालिकाको गाउँकार्यापालिका बैठक गरि विभिन्न ३ तहमा बैठक एकै दिन सम्पन्न भएको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिए ।
गोर्खा वेल्फेयर टष्ट्र नेपाल उत्थानशील खानेपानी सरसफाई कार्य निर्देशकका तर्फबाट दिपक कुमार श्रेष्ठ र झिमरुक गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीको हस्ताक्षरमा सम्पन्न भई सम्झौता पत्र आदन प्रदान भएको हो । बिशेष गरेर यो सम्झौता स्वच्छ खानेपानी सँग सम्बन्धित भएको उनले बताए ।

सो बैठकले विभिन्न ५ बुदामा सम्झौता पत्रको उदेश्य सहित पारित गरेको छ ।
(१) खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि योजना बनाउने
(२) खानेपानी तथा सरसफाई सम्बन्धि पूर्वाधार निर्माण गर्ने
(३) व्यवहार परिवर्तनको माध्यमबाट सुरक्षित खानेपानी सरसफाइ तथा आपतकालिन पूर्व तयारी सम्बन्धि ज्ञान र सीपको बिकास गराउने
(४) आपतकालिन तयारी तथा प्रतिकार्य योजना बनाउने
(५) अनुगमन, मुल्याङ्गकन तथा सीप र अनुभवको विस्तार गर्ने गरि योजना बनाउने

साथै सन २०३० सम्म दिगो बिकास लक्ष्य पुरा गर्नको लागि कोसे ढुङ्गा सावित हुने समेत बताए । सन २०३० सम्म झिमरुक गाउँपालिका भित्र रहेका ६ हजार १३० घरधुरीले “एक घर, एक स्वच्छ ” पिउने पानीको धारा अवधारणा अनुसार पानी पिउन पाउने जानकारी गराए । साथै हाल यसै चालु आर्थिक बर्ष भित्र सम्पन्न हुने गरि गाउँपालिकाले ४ वटा खोनपानी आयोजना सम्पन्न गर्ने भएको छ । आयोजनामा स्नाथान नुनथला खानेपानी आयोजना वडा नं ८, गैराडाँडा खानेपानी तथा सिम्लिनी खानेपानी आयोजना वडा नं ३ र वडा नं ४ को आयोजना रहेका छन् ।


त्यस्तै विपद व्यवस्थापन कोष सञ्चालक समितिको बैठक पनि बसेको हो । बैठकले झिमरुक गाउँपालिका भित्र रहेका ८ वटै वडामा रहेका जोखिमयूक्त ठाउँहरुमा संभाव्यता अध्ययन गरि आकस्मिक रुपमा हुने कुनै पनि विपदको सामनाको लागि पूर्व तयारीका निम्ति विशेष कार्ययोजना बनाउने निर्णय भएको उनले जानकारी दिएका छन् ।

झिमरुक गाउँपालिका गाउँकार्यपालिकाको बैठक पनि शुक्रबार नै सम्पन्न भएको छ । बैठकले सडक बोर्ड मार्फत प्राप्त रहेको बजेट र गाउँपालिकाले २० प्रतिशत बजेट थप गरि बाटो निर्माण गर्ने निर्णय गरेको हो । सडक बोर्ड मार्फत १७ लाख र गाउँपालिकाको ३ लाख ४० हजार गरि कुल लागत २० लख ४० हजारमा बाडिखोला आरुपाटा र ओखरकोट खण्डको आरुपाटामा बाटो मर्मत गर्ने भएको छ । त्यस्तै विभिन्न पेश व्यवसायहरुलाई दर्ता प्रकियामा ल्याउन बाटो छेउमा बन्ने पक्कि संरचनाको हकमा गाउँपालिकाले तोकिए अनुसारको मापदण्डमा मात्र बनाउन पाउने भनिएको छ । झिमरुक गाउँपालिका समृद्धिको निमित्त सरोकारवाला सबै र विज्ञ सहितको टोलीबाट आगामी फागुन ८ र ९ गते बृहत कार्यशाला गोष्ठि सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले बताए । सो काम उपभोक्ता अनुसार फागुनको पहिलो हप्तादेखी सुरु गरि त्यहि महिनामै सकिने गरेर काम थाल्ने उनले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...