News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी नगरपालिकामा आकस्मिक बजार अनुगमन

सिखबर संवाददाताप्यूठान -असोज ,१५
६४७ पटक
प्यूठान -असोज ,१५

स्वर्गद्वारी नगरपालिका र उद्योग वाणिज्य संघ बजार कमिटी भिङग्रीको आयोजनामा स्वर्गद्वारी नगरपालिकाको मुख्य व्यापारीक केन्द्र भिङ्ग्री बजारमामा आकस्मिक बजार अनुगमन गरिएको छ ।

नेपालीहरूको महान पर्व दशै, तिहार, छठ पर्व नजिकिदै गर्दा बजारमा म्याद नाघेका खाद्य बस्तुहरू धेरै विक्रि वितरण हुने हुदा बजार अनुगमन गरिएको हो हो

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीको नेतृत्वमा जिमुरपाटादेखि दोमहीसम्म बजार अनुगमन गरी म्याद नाघेका अधिक खाद्य बस्तु बरामद गरि नष्ट गरेको छ ।

उपभोक्ता मञ्चका अध्यक्ष गोपाल बिक्रम शाह , उद्योग वाणिज्य संघ प्रतिनिधि गिर बहादुर गुरुङ्ग , कोष तथा लेखा नियन्त्रक राम प्रसाद कोइराला , इलाका प्रहरी कार्यालय भिङ्ग्रीका निमित्त प्रमुख हस्त बहादुर घर्ती , प्रहरी , पत्रकार लागाएत उपस्थित भएको अनुगमन टोलीले दर्ता नगरेका तथा अव्यवस्थित तरिकाले सन्चालन गरेका पसलहरुलाई ७ दिन भित्र फर्म दर्ता गर्न र व्यवस्थित गरि जि .प्र .का मा प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

बजार अनुगमन कार्यक्रममा स्वर्गद्वारी नगरपालिका कार्यलयबाट कुनै पनि प्रतिनिधिको उपस्थित थिएन ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...