News Portal

रेडियो सुन्नुहोस्

सुर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबि भुक्तानी

झुलेनी पोष्ट२०७९माघ १९, प्यूठान
५७० पटक
२०७९माघ १९, प्यूठान

सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनि लि. प्यूठानले मृत्यु दाबि भुक्तानी गरेको छ । बिमितको परिवार झिमरुक गाउँपालिका वडा नं. ६, निवासी खलान घर्तिमगरलाई ७ लाख १४ हजार रुपैयाँ बुझाएको शाखा प्रवन्धक धर्मराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार खलान बहादुरको श्रीमती रिमा घर्तिमगर प्रस्तावक भई उनले नाबालक छोरी छाया घर्तिमगरको ज्योति सुनौली भविष्य बाल जिवन बिमा गराएका थिए । छोरीको बिमा बनाउँदा ज्योति म्यादी बिमा अन्तर्गतको मृत्यु दाबि भुक्तानी गरीएको प्रवन्धक अधिकारीको भनाई छ । २०७७ असोजमा बिमा गराएका उनको २०७९ मंसिरमा हृदयघातका कारण बिरामी भई उपचारका क्रममा मृत्यु भएको थियो ।

बिमितको परिवारलाई प्युठान उद्योग वाणिज्य संघका उपाध्यक्ष रेशम केसिको प्रमुख आतित्थ्यतामा हसणतान्तरण गरिएको हो । कार्यक्रममा मन्तव्य राख्दै उपाध्यक्ष केसिले जीवन बिमामा सानो र थोरै भएपनि लगानि गर्दा मृत्य पश्चात् परिवारलाइ सहयोग मिल्ने भएकाले बिमा गर्न पछि पर्न नहुने बताए । त्यसैगरि बिमित रकम लगेर दुरूपयोग नगरि सहिठाउमा प्रयोग गर्न समेत उनले आग्रह गरे ।

सो बिमा अन्तर्गत प्रस्तावक हकवाला आमाको मृत्यु भएकोले सुनौलो भविष्य बाल जिवन बिमा वापतको अबदेखि बुझाउनुपर्ने सबै रकम कम्पनीले जम्मा गरिदिने भएको छ । त्यसैगरी शैक्षिक विकासका लागि कम्पनि मार्फत बिमा अवधि सकिदा सम्म मासिक ७ हजार रुपैयाँ उपलब्ध गराउने समेत प्रवधन्क अधिकारीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...