News Portal

रेडियो सुन्नुहोस्

वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित छः–अध्यक्ष रोसन

झुलेनी पोष्ट१९ माघ २०७९
४९९ पटक
१९ माघ २०७९

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित बनिरहेको टिप्पणी गरेका छन् । माण्डवी गाउँपालिकाले वडा नंं.–१ तिराममा आयोजना गरेको व्यवसाय सञ्चान सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको विहिबार समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष रोसनले यस्तो टिप्पणी गरे । यस्तै अध्यक्ष रोसनले विगत देखि नै सरकारको अनुदान र तालिम लिने तर काम गर्ने प्रवृत्ति हराउँदै गएको उल्लेख गर्दै समय मै जिम्मेवार बन्न सहभागिहरुलाई निर्देशन दिए । स्थानीय सरकार काम गर्नेलाई सहयोग गर्न सधै तल्लिन हुने उनको भनाई छ । साथै तालिम प्राप्त उद्यमीहरुलाई आगामी आर्थिक वर्षमा थप स्तरोन्नतिको तालिम प्रदान गरिने बताउँदै अध्यक्ष रोसनले उद्यमीले उत्पादन गरेका वस्तु÷सेवाको वजारीकरण समेत गाउँपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

परम्परागत विचारलाई त्यागी नयाँ कामको थालनी मार्फत तालिम प्राप्त सफल उद्यमीले आफ्नो र सिङ्गो समाजको आवश्यकता पूरा गरी आत्मनिर्भर बन्न सक्नु पर्ने अध्यक्ष रोसनको आसय थियो । कार्य वाहक वडा अध्यक्ष शुसिला घर्तीको अध्यक्षता रहेको कार्यक्रममा वडा सचिव चेतनाथ अधिकारी, प्राविधिक धन वहादुर घर्ती मगर लगाएतको आतिथ्यता रहेको थियो । १९ जना सहभागी रहेको तालिम माघ –१२ गते देखि सुरु भएको थियो । तालिमको सहजीकरण लघु उद्यम विकास सहजकर्ता टोप बहादुर खत्रीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...