News Portal

रेडियो सुन्नुहोस्

अध्यक्ष श्रेष्ठद्धारा ५ हजार सहयोग, पढाइको पुर्ण ग्यारेन्टी बिद्यालयले लिने

बिबश जि एम०५ फागुन २०७९
६७४ पटक
०५ फागुन २०७९

स्वर्गद्धारी प्यूठान पाचौं महोत्सव २०७९ प्यूठानमा हिजो विहिबार देखी सुरु भयो । सोही भिडमा प्यूठान नगरपालिका – ३ बिजयनगर स्थित मुक्ति माध्यामिक बिधालय रातामाटा कक्षा – ३ मा पढने राजु कुमालले पनि खुल्ला चौरमा तित्री बेच्न पुगेका थिए ।
सोही तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यसपछि प्यूठान नगरपालिका ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले दयनिय अवस्था रहेको भन्दै नगद पाँच हजार रुपैया कुमाललाई दिए । “सो घटना सामाजिक संजालमा भाइरल भएसंगै हामीले उद्दार तथा पहल गरेका छौ” अध्यक्ष श्रेष्ठले भने,।


कुमालले आफ्नो पढाइको लागि आवश्यक पर्ने कपी, कलम नभएको भन्दै बाध्यताले तित्री बेच्न थालेको सुनाए । बुबा रोजगारको लागि भारत पुगेको र आमा गाउँमै ज्याला मजदुरी गर्दै आएको उनको भनाई छ । उनले भने, ‘त्यही बेचेर आफनो पढाइको लागि आवश्यक सामान किन्ने सोचमा छु’ ।
त्यस्तै कुमाललाई बिद्यालय पढ्दा सम्म आबश्यक पर्ने सबै शैक्षिक सामाग्री बिद्यालयले ब्यबस्था मिलाउने भएको छ । कक्षा ३ मा अध्ययन गर्ने बिद्यार्थी राजु कुमाल हिजो मात्र महोत्सवमा बिद्यालय पोसाक सहित तित्री बेच्न पुगेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...