News Portal

रेडियो सुन्नुहोस्

बँदेल र बादर धपाउन मल्लरानी ३ ले गर्‍यो यस्तो निर्णय

झुलेनी नेटवर्क२०७९फागुन२१ प्यूठान
१५२२ पटक
२०७९फागुन२१ प्यूठान

जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ३ चुँजाठाटीले स्थानीयबासीलाई बादर र बँदेल धपाउने बन्दुक उपलब्ध गराएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ निवासी ८२ बर्षिय ठग बहादुर खत्री वडा कार्यालयबाट बन्दुक पाएपछि निकै खुसी देखिन्छन् । बँदेल र बाँदरले बालीनाली खाइदिँदा हैरान भएका खत्रीले वडा अध्यक्षलाई बाँदर र बँदेलबाट बालीनाली बचाउन आग्रह गरेको सुनाउछन् । मकै भित्राउने बेला बाँदरले खाएर रुने बनाउथ्यो खत्रिले भने –“ वडा अध्यक्षले बन्दुक दिएका छन् अस्ति बाँदर आएको पट्काएको भाग्यो ।” पट्काउँदा बन्यजन्तु तर्साउने बन्दुकले धेरै बालीनालीको संरक्षण हुने उनको भनाई छ।
चौथी लगाउने टोल विकास संस्थाका अध्यक्ष वीर बहादुर थापा बाँदर धपाउने बन्दुकले धेरै किसानहरु खुसि रहेको सुनाउछन् । टोल विकास संस्थाको मातहतमा चल्ने गरि दुईवटा बन्दुक आफुहरुसंग रहेको भन्दै ३५ बर्षिय थापाले बाँदर आएमा आफु बन्दुक लिएर पट्काउन जाने बताए । सानो काम जस्तो छ थापाले भने “वडा कार्यालयले किसानको लाखौको बालीनाली बचाउन राम्रो योजना लिएको मैले महसुस गरेको छु ।”
त्यस्तै बर्वाेट टोल विकास संस्थाको सचिव सुनिता कामीलाई बाँदर धपाउने कामनै गर्न परेको गुनासो सुनाईन् । महिलालाई बाँदरले नटेरेर एक, दुईपटक पिटेको उनले बताईन् । उनले भनिन् “वडा अध्यक्षले दिएको बन्दुकले किसान खुसी छन्।” महिलाहरुले पनि सजिलै पट्काउन सकिने बन्दुकबाट आवाज मात्र ठुलो आउने, आवाज सुन्दा जंगली जनावर तर्सिएर भाग्ने गरेको सुनिताले बताइन् ।
बाँदर र बँदेलले हैरान पारेको गुनासो वडावासीले गरेपछि बन्दुक बनाएको वडा अध्यक्ष नोमराज पौडेलले बताए । अनलाईनमा खोजेर यो प्रविधिबाट बाँदर र बँदेल भगाउन सकिने हुँदा प्युठानमा पहिलो पटक यो काम आफुले सुरु गरेको अध्यक्ष पौडेलले दावी गरे । अध्यक्ष पौडेलका अनुसार यो प्रविधी निकै प्रभावकारी बनेको छ । आर्थिक बर्ष २०७९÷८० को बार्षिक स्वीकृत बजेटबाट वडाले महाविर पुनले संचालन गरेको आविस्कार केन्द्र काठमाडौंबाट लिएको वडा सचिव मनोज कुमार जि सिले जानकारी दिए । यो बन्दुक बँदेल र बाँदर धपाउनुको साथै हाम्रो परम्परागत रुपमा चल्दै आएको विवाह, छोरा छोरीको छैठीमा समेत पट्काउन मिल्ने हुँदा संस्कृतिको पनि जगेर्ना गर्न सकिने वडा अध्यक्ष पौडेलको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...