News Portal

रेडियो सुन्नुहोस्

जाल्पा लघुवित्तले दियो मृत्यु दावी भुक्तानी

झुलेनी पोष्ट२०७९फागुन,२५ प्यूठान
५९८ पटक
२०७९फागुन,२५ प्यूठान

जाल्पा सामुदायिक लघुवित्तले मृत्यु दावी रकम भुक्तानी गरेको छ । बीमा सुविधा वितरण कार्यक्रम मार्फत जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बाहाने शाखाले मृतक भिमे घर्तिको परिवार सदस्यलाई मृत्यु दाबी भुक्तानी वापत ३ लाख ३० हजार सहयोग रकम हस्तान्तरण गरेको हो ।
नौबहिनी गाउँपालिका ६ प्युठान बाहाने शाखाका सदस्य भिमे घर्तिले जाल्पा लघुवित्तबाट एक वर्ष अगाडी होटल व्यवसाय गर्ने भनी ३लाख ५० हजार ऋण लिएका थिए । केही महिना अघि उनको मृत्यु भएको थियो ।
बिहिवार जाल्पा सामुदायिक लघु वित्त वित्तीय संस्थाका अनुगमन प्रमुख कमल बहादुर महराले मृतकका श्रीमती चनमती घर्तिलाई ३लाख ३० हजार सहयोग रकम हस्तान्तरण गरेका हुन् । साथै घर्तिले होटल व्यवसाय गर्ने भनी लगेका ऋण समेत मिनाह गरेको अनुगमन प्रमुख महराले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...