News Portal

रेडियो सुन्नुहोस्

क्रिकेट खेलाडी जीसीलाई झिमरुकले गर्यो सम्मान

झुलेनी नेटवर्क२०७९ चैत ०९ प्यूठान
७१३ पटक
२०७९ चैत ०९ प्यूठान

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई प्यूठानको झिमरुक गाउपालिकाले सम्मान गरेको छ । झिमरुक गाउँपालिका–३ मा जन्मिएका जिसीलाई झिमरुक गाउँपालिकाले बिहीबार एक कार्यक्रम गरेर नगद एक लाख रुपियाँसहित सम्मान गरेको हो ।

यसैबीच, खेलाडी जिसीलाई झिमरुकका उपाध्यक्ष प्रमोद पोख्रेलले व्यक्तिगत नगद ५० हजार रुपियाँ सहित दोसल्ला ओढाएर सम्मान गरेका छन् । त्यस्तै पोख्रेल फाण्डेशनका सञ्चालक कुशराज पाेख्रेलले फाउण्डेशन मार्फत रु ५० हजार सहित सम्मान गरेका छन्।

विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै एक दिवसीय विश्वकप छनोट खेलमा छनोट भएका जिसीलाई जिल्ला खेलकुद विकास समितिले सम्मान गर्ने कार्यक्रम तय गरेको समितिका उपाध्यक्ष बिमल पोख्रेले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...