News Portal

रेडियो सुन्नुहोस्

देशको अर्थतन्त्र धरासयी अवस्थामा पुगेको छः डा. पोख्रेल

झुलेनी नेटवर्क २०७९ चैत्र १८
५३२ पटक
२०७९ चैत्र १८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोबिन्दराज पोख्रेलले देशको अर्थतन्त्र धरासयी अवस्थामा पुगेको बताए ।

प्यूठानबाट स्वतन्त्र बिद्यार्थी युनियनमा नेतृत्व गर्ने बिद्यार्थीहरुलाई वधाई दिन नेपाल विध्यार्थी संघद्वारा आयोजित एक कार्यक्रममा बोल्दै पोख्रेलले अहिलेको देशले अर्थतन्त्र थेग्नै नसकिने अवस्थामा पुगेको वताए ।

देश करिब ३ खर्ब व्यापार घाँटामा पुगेको र करिब २० खर्ब ऋणले चपेटामा पार्न लागेकोले चिन्ताजनक अवस्था रहेको उनले बताए ।

नेवि संघ प्यूठानले स्ववियु निर्वाचनमा विजयी विध्यार्थी हरुलाई एक कार्यक्रम आयोजना गरि वधाई ज्ञापन गरेको छ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेल प्रमुख अथिती र प्रदेशसभा सांसद निमा गिरी विशेष अथिती रहेको कार्यक्रममा सहभागिलाई रुकमान रोका क्षेत्रिले स्वागत गरेका थिए।

नेवि संघ अध्यक्ष कल्याणविक्रम के.सी. को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पारस भण्डारीले गरेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...