News Portal

रेडियो सुन्नुहोस्

बन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम प्यूठानमा सुरु

बिबश जि एम २०७९ चैत्र २२ प्यूठान
८५६ पटक
२०७९ चैत्र २२ प्यूठान

प्यूठानमा बन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम बुधबारबाट सुरु भएको छ ।

डिभिजन बन कार्यालय प्यूठानको आयोजना तथा सरुमारानी गाउँपालिकाको सहकार्यमा ददेरी सामुदायिक बन, धुलेखा सामुदायिक बन, र घेडखेली सामुदायिक बन क्षेत्र रहेको ठाउँसम्म बन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम गरिएको डिभिज बन कार्यालय प्यूठानले जनाएको छ ।

गाडीमा यात्रा गर्दा वा पैदल यात्रा गर्ने व्यक्तिहरुले चुरोट खाएर फाल्दा आगो लाग्न सक्ने संभावना हुने भएकाले सडक छेउछाउँमा रहेका पतकर तथा फोहोरहरुलाई व्यवस्थापन गरिएको डिभिजन बन कार्यालय प्यूठानका रेञ्जर हरि पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार हिउद लागेपछि प्राय बनमा आगलागि भइरहने हुँदा त्यस्तो हुन नदिन रोकथाम तथा न्यूनिकरण गर्न सो कार्यक्रम गरिएको रेञ्जर पौडेलले बताए ।


बुधबार ति बाटोको दायाँबायाँ मा रहेका फोहोरहरुलाई जलाउने र व्यवस्थापन गर्ने कार्य भएको छ । कार्यक्रममा ३ सय बढिको उपस्थित रहेको पनि रेञ्जर पौडेलले बताए ।

साथै भोलि विहिबार भालुवाङ प्यूठान सडकखण्ड अन्तरगत प्यूठानको दर्भान देखी वडडाडाँ सम्म निरन्तर कार्यमा अग्रसर हुने बताएका छन् । यो कार्यक्रम एक हप्तासम्म चल्ने डिभिजन बन कार्यालयका रेञ्जर पौडेलले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...