News Portal

रेडियो सुन्नुहोस्

बन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम प्यूठानमा सुरु

बिबश जि एम २०७९ चैत्र २२ प्यूठान
६६४ पटक
२०७९ चैत्र २२ प्यूठान

प्यूठानमा बन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम बुधबारबाट सुरु भएको छ ।

डिभिजन बन कार्यालय प्यूठानको आयोजना तथा सरुमारानी गाउँपालिकाको सहकार्यमा ददेरी सामुदायिक बन, धुलेखा सामुदायिक बन, र घेडखेली सामुदायिक बन क्षेत्र रहेको ठाउँसम्म बन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम गरिएको डिभिज बन कार्यालय प्यूठानले जनाएको छ ।

गाडीमा यात्रा गर्दा वा पैदल यात्रा गर्ने व्यक्तिहरुले चुरोट खाएर फाल्दा आगो लाग्न सक्ने संभावना हुने भएकाले सडक छेउछाउँमा रहेका पतकर तथा फोहोरहरुलाई व्यवस्थापन गरिएको डिभिजन बन कार्यालय प्यूठानका रेञ्जर हरि पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार हिउद लागेपछि प्राय बनमा आगलागि भइरहने हुँदा त्यस्तो हुन नदिन रोकथाम तथा न्यूनिकरण गर्न सो कार्यक्रम गरिएको रेञ्जर पौडेलले बताए ।


बुधबार ति बाटोको दायाँबायाँ मा रहेका फोहोरहरुलाई जलाउने र व्यवस्थापन गर्ने कार्य भएको छ । कार्यक्रममा ३ सय बढिको उपस्थित रहेको पनि रेञ्जर पौडेलले बताए ।

साथै भोलि विहिबार भालुवाङ प्यूठान सडकखण्ड अन्तरगत प्यूठानको दर्भान देखी वडडाडाँ सम्म निरन्तर कार्यमा अग्रसर हुने बताएका छन् । यो कार्यक्रम एक हप्तासम्म चल्ने डिभिजन बन कार्यालयका रेञ्जर पौडेलले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...