News Portal

रेडियो सुन्नुहोस्

म्यूजिक खबरको इन्करेजमेन्ट अवार्ड अमृता श्रीपाललाई

सिखबर संवाददाताअसोज २१, प्यूठान
१६३० पटक
असोज २१, प्यूठान

सातौं म्युजीक खबर म्यूजिक अवार्डमा लोक गायिका अमृता श्रीपालले ‘इन्करेजमेन्ट अवार्ड’ हात पार्न सफल भएकी छिन् । प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा शुक्रबार सम्पन्न अवार्डमा अमृताले ‘गैरी गाउँको मेला’ बोलको गीतबाट अवार्ड हात पार्न सफल भएकी हुन् । उनलाई स्टेजमा हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौला लगायतको टिमले अवार्ड प्रदान गरेका थिए ।

अमृताले अवार्ड उचाल्दै दर्शकलाई धन्यवाद दिइन् । आफ्नो गीत दर्शकले मन पराएकै कारण जुरीहरुको नजरमा पर्न सफल भएको उनको भनाई थियो । यस्तै उनले आगामी दिनमा पनि सधैं राम्रो गीत बजारमा ल्याउने बताइन् । ‘अवार्ड पाउँदा निकै खुसी छु, गीत संगीतमा मेहनत गर्दैजाँदा प्रतिफल मिल्दोरहेछ, यो अवार्डले थप जिम्मेवारी बढेको अनुभूति गरेकी छु’, उनले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन् ।

नेपाली लोक दोहोरी गीतको क्षेत्रमा यसैबर्ष अमृताले दुईवटा अवार्ड हात पारिसकेकी छिन् । गएको तीजमा सम्पन्न पाँचौं छाँयाछवी तीज म्युजीक अवार्डमा उनले ‘खैनीले’बोलको गीतबाट सर्वोत्कृष्ट तीज दोहोरीगीत तर्फ नवगायिकाको अवार्ड उचालेकी थिइन् । अमृताले अहिलेसम्म डेढ दर्जन बढी गीत गाइसकेकी छिन् । जसमध्ये ‘डाँडै माथि घर’, ‘जाने बेला सरर’, ‘भन्छन् जोडी राम्रो’ बोलको गीत धेरै दर्शकले मन पराएका छन् ।  आर्टिष्ट खबरर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...