News Portal

रेडियो सुन्नुहोस्

म्यूजिक खबरको इन्करेजमेन्ट अवार्ड अमृता श्रीपाललाई

सिखबर संवाददाताअसोज २१, प्यूठान
१४४६ पटक
असोज २१, प्यूठान

सातौं म्युजीक खबर म्यूजिक अवार्डमा लोक गायिका अमृता श्रीपालले ‘इन्करेजमेन्ट अवार्ड’ हात पार्न सफल भएकी छिन् । प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा शुक्रबार सम्पन्न अवार्डमा अमृताले ‘गैरी गाउँको मेला’ बोलको गीतबाट अवार्ड हात पार्न सफल भएकी हुन् । उनलाई स्टेजमा हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौला लगायतको टिमले अवार्ड प्रदान गरेका थिए ।

अमृताले अवार्ड उचाल्दै दर्शकलाई धन्यवाद दिइन् । आफ्नो गीत दर्शकले मन पराएकै कारण जुरीहरुको नजरमा पर्न सफल भएको उनको भनाई थियो । यस्तै उनले आगामी दिनमा पनि सधैं राम्रो गीत बजारमा ल्याउने बताइन् । ‘अवार्ड पाउँदा निकै खुसी छु, गीत संगीतमा मेहनत गर्दैजाँदा प्रतिफल मिल्दोरहेछ, यो अवार्डले थप जिम्मेवारी बढेको अनुभूति गरेकी छु’, उनले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन् ।

नेपाली लोक दोहोरी गीतको क्षेत्रमा यसैबर्ष अमृताले दुईवटा अवार्ड हात पारिसकेकी छिन् । गएको तीजमा सम्पन्न पाँचौं छाँयाछवी तीज म्युजीक अवार्डमा उनले ‘खैनीले’बोलको गीतबाट सर्वोत्कृष्ट तीज दोहोरीगीत तर्फ नवगायिकाको अवार्ड उचालेकी थिइन् । अमृताले अहिलेसम्म डेढ दर्जन बढी गीत गाइसकेकी छिन् । जसमध्ये ‘डाँडै माथि घर’, ‘जाने बेला सरर’, ‘भन्छन् जोडी राम्रो’ बोलको गीत धेरै दर्शकले मन पराएका छन् ।  आर्टिष्ट खबरर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...