News Portal

रेडियो सुन्नुहोस्

जुम्रीकाडाकी मिनाको कृतिम खुट्टा बन्ने भयो

बोम बहादुर परियार२०८० जेठ ११ प्यूठान
१०१० पटक
२०८० जेठ ११ प्यूठान

दुबै खुट्टा अपाङ्ग भइ घस्रीयर हिड्ने प्युठान जुम्रीकाँडाकी १४ वर्षिया बालिका मिना खत्रीको कृतिम खुट्टा बन्ने भएको छ । उनको समस्या र बाध्यताका बिषयमा प्युठानका धेरै मिडियाहरुले समाचार लेखे , सामाजिक सन्जालमा भाईरल सम्म बनाईयो ।

तर यहाको स्थानिय सरकारले कुनैपनी कदम चाल्न नसकेपछी डाक्टर राजेन्द्र पौडेलको पहलमा मिनाको कृतिम खुट्टा बन्ने भएको हो । मिनाले आफ्नो खुट्टा बन्ने भएपछी मङ्गलबार पोखरा पुगेर खुट्टाको नापो दिएर बिहिबार घर फर्केकी छिन ।

आफ्नो बुवासङ्ग पोखरा पुगेकी मिना अहिले खुसी देखिन्छिन ।

पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठानमा का¥यरत अर्थोपेडिक सर्जन डाक्टर राजेन्द्र पौडेलले मिनाको बिषयमा सामाजिक सन्जालमा तस्बिरहरु देखेपछी प्युठान नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नन्दराम पुन मगर सङ्ग सम्पर्क गरि मिनालाई पोखरा बोलाएका थिए ।

अहिले मिनाले आफ्नो खुट्टाको साईज मात्र दिएर आएकी छिन । मिनाको कृतिम खुट्टा बनाउनको लागि पोखराको ग्रीन पास्चर अस्पतालमा अर्डर दिएको छ ।

असार १५ गते भित्र कृतिम खुट्टा तयार बन्ने डाक्टर राजेन्द्र पौडेलले बताए । ९ महिनाको उमेरमा आगोमा जलेर मिनाको खुट्टा अपाङ्ग भएको थियो । उनी लामो समयसम्म घस्रेर जीवन बिताईन ।

अब उनको त्यो बाध्यता हराउने भएको छ । खुट्टा तयार भएपछी मिना अरु मान्छे जस्तै हिड्न सक्ने हुन्छिन ।

त्यस्तै प्यूठान नगरपालिका वडा नं १० मरन्ठानाकि २१ वर्षिय चादनी बिकको गत बैशाख १५ गते मोटरसाईकल दुर्घटनामा दुबै खुट्टा भाचिएको थियो । साथै उनको च्युडोमा पनि असर परेको थियो ।

उनलाई प्युठानमा उपचार सम्भब नभएपछी डाक्टर पौडेलकै पहलमा पोखरा लगियो । डाक्टरका अनुसार उनको अवस्था निकै गम्भीर थियो ।

धेरै ठूलो चुनौतिबाट चादनिको २ वटा सफल सल्यक्रिया भएको डाक्टर राजेन्द्र पौडेलले बताए । साथै चादनिका बुवा सुरज बिक ले डाक्टर पौडेल नभएको भए छोरिको ज्यान बचाउन नसकिने बताए ।

त्यस्तै डाक्टर पौडेलकै पहलमा प्यूठान नगरपालिका ४ ईन्द्रेडाँडाका बिनोद नेपालीको छोरा बर्ष १० का मनिक नेपालीको पनि निसुल्क सल्यक्रिया गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...