News Portal

रेडियो सुन्नुहोस्

विभिन्न कार्यक्रम गरि नौंबहिनीले मनायो गणतन्त्र

झुलेनी नेटवर्क२०८० जेठ १५
२५३ पटक
२०८० जेठ १५

१६औं गणतन्त्र दिवस नौबहिनी गाउँपालिकाले पनि मनाएको छ । गणतन्त्र दिवसको अवसरमा नौबहिनी गाउँपालिकाले सोमबार बहाने बजार क्षेत्र सरसफाई गरेर मनाएको हो ।

पालिका क्षेत्रभित्र रहेका फोहोर जन्य पदार्थहरुलाई कुहिने बस्तु र नकुहिने बस्तुमा छुट्याई फोहोरलाई व्यवस्थापन गरिएको नौबहिनी गाउँपालिका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिए ।

त्यस्तै लामो समयसम्म पालिकाको वरिपरि बस्दै आएकी मानीक सन्तुलन ठिक नभएकी एक महिलालाई नुहाई कपाल काटिदिएर नयाँ कपडा समेत लगाईदिएको नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए ।

गाउँपालिकाले पालिका भित्र रहेका १० वटा मा.वि का विद्यार्थीहरुको लागि गणतान्त्रि व्यवस्थाले शैक्षिक क्षेत्रमा ल्याएको सुधार बिषयमा बक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरेको थियो ।

त्यस्तै गत बर्ष एसईई परीक्षामा प्रथम हुने छात्र,छात्रा र विद्यालय, ८ कक्षामा प्रथम हुने छात्र,छात्रा र विद्यालयका साथै ८ कक्षासम्म पढाउने बिज्ञान, गणित र अंग्रेजी बिषयका उत्कृष्ट शिक्षक शिक्षिकाहरुलाई सम्मान तथा पुरस्कार पनि वितरण गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युद्ध महान् थियो भने त्यो बाटो किन छोडेको ?: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध महान थियो भने किन  त्यो बाटो छाडेको भन्दै माओवादीलाइ प्रश्न...

युद्धलाई ‘हिंसा’ भनेर अभिव्यक्ति दिनु संविधान विपरीत: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गर्ने अभिव्यक्ति संविधान विपरीत रहेको...

हुनुपर्ने काम रोक्ने र नहुनुपर्ने काम भइराख्ने नहोस्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न ...

अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली

गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ ।...

‘संस्थागत सुत्केरी’ मा स्वर्गद्वारी सबैभन्दा कमजोर

मातृ शिशु सुरक्षामा महत्त्वपूर्ण मानिएको संस्थागत सुत्केरी गराउने कार्यक्रम कार्यान्वयनमा स्वर्गद्वारी नगरपालिका सबैभन्दा कमजोर देखिएको...