News Portal

रेडियो सुन्नुहोस्

विभिन्न कार्यक्रम गरि नौंबहिनीले मनायो गणतन्त्र

झुलेनी नेटवर्क२०८० जेठ १५
७२० पटक
२०८० जेठ १५

१६औं गणतन्त्र दिवस नौबहिनी गाउँपालिकाले पनि मनाएको छ । गणतन्त्र दिवसको अवसरमा नौबहिनी गाउँपालिकाले सोमबार बहाने बजार क्षेत्र सरसफाई गरेर मनाएको हो ।

पालिका क्षेत्रभित्र रहेका फोहोर जन्य पदार्थहरुलाई कुहिने बस्तु र नकुहिने बस्तुमा छुट्याई फोहोरलाई व्यवस्थापन गरिएको नौबहिनी गाउँपालिका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिए ।

त्यस्तै लामो समयसम्म पालिकाको वरिपरि बस्दै आएकी मानीक सन्तुलन ठिक नभएकी एक महिलालाई नुहाई कपाल काटिदिएर नयाँ कपडा समेत लगाईदिएको नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए ।

गाउँपालिकाले पालिका भित्र रहेका १० वटा मा.वि का विद्यार्थीहरुको लागि गणतान्त्रि व्यवस्थाले शैक्षिक क्षेत्रमा ल्याएको सुधार बिषयमा बक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरेको थियो ।

त्यस्तै गत बर्ष एसईई परीक्षामा प्रथम हुने छात्र,छात्रा र विद्यालय, ८ कक्षामा प्रथम हुने छात्र,छात्रा र विद्यालयका साथै ८ कक्षासम्म पढाउने बिज्ञान, गणित र अंग्रेजी बिषयका उत्कृष्ट शिक्षक शिक्षिकाहरुलाई सम्मान तथा पुरस्कार पनि वितरण गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...