News Portal

रेडियो सुन्नुहोस्

मुक्ती माविमा विद्यार्थीमाथि निर्घात कुटपिट, विद्यार्थीको हात भाँचियो, एकजनालाई रिफर

बोमबहादुर परियार२०८० जेठ १८ गते, प्यूठान
१३९५ पटक
२०८० जेठ १८ गते, प्यूठान

विद्यालय हाताभित्र विद्यार्थीमाथि कुटपिट हुँदा कम्तिमा ४ जना विद्यार्थी घाईते भएका छन्।
बुधवार मुक्ति माध्यमिक विद्यालय प्यूठान नगरपालिका ३ रातामाटामा विद्यार्थीमाथि कुटपिट भएको हो।

सोही विद्यालयको गार्डले आन्दोलनमा प्रहरिले लाठिचार्ज गरेजसरी लाठि हिर्काउदा छेक्ने क्रममा केही विद्यार्थीहरु घाईते भएको विद्यालयका प्रधानाध्यापक दामोदर विष्टले पुष्टि गरे।

उनका अनुसार एकजना विद्यार्थीको प्यूठानमा उपचार हुन नसक्ने भएपछी बाहिर रिफर गरिएको छ भने अन्यको प्यूठानमै उपचार भईरहेको छ । प्यूठान अस्पत्तालमा उपचार भईरहेका एकजनाको हात फ्याक्चर भएको छ भने अन्यको शरिरका विभिन्न भागमा चोट लागेको छ ।

एकजना विद्यार्थीलाई बाहिर पठाउदै छौं अरुको यहिँ उपचार हुदैछ प्रधानाध्यापक विष्टले भने दुखद घटना घटेको छ। पहिले घाईतेको उपचार गर्नुपर्यो त्यसपछी घटनावारे थप छानविन गर्नुपर्ला।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुवाष खड्का ले सामान्य विषयमा विवाद उत्पन्न हुदा गार्डले कुटपिट गरेपछी ४ जना विद्यार्थी घाईते भएको जानकारी प्राप्त भएको वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...