News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा छैन सर्पदम्सको उपचार केन्द्र : सर्पले डसेर बालकको मृत्यु

झुलेनी पोष्ट२०८० असार ९
१२८४ पटक
२०८० असार ९

सरोकारवाला निकायको लापरबार्हीका कारण प्यूठानमा हरेक वर्ष सर्पले डसेका बिरामीको उपचार अभावमा ज्यान जानेगरेको छ । प्यूठानमा सर्प दम्स उपचार केन्द्र नहुँदा र सर्पले डसेका बिरामीको उपचार गर्ने तालिम प्राप्त चिकित्सक नभएका कारण बिरामीको उपचार अभावमा मृत्यु हुने गरेको हो ।

जिल्ला अस्पताल बिजुवारमा सर्पले डसेपछि प्रयोग गरिने एन्टि स्नेक भेनम छ । तर, तालिम प्राप्त चिकित्सक नभएका कारण भेनम प्रयोगमा ल्याउन नसकिएको चिकित्सकहरुको भनाई छ । आफूहरुलाई तालिम नभएको कारण सर्पले डसेर उपचार गर्न प्यूठान अस्पतालमा आउने बिरामीलाई तुरुन्तै बाहिर रिफर गर्न परेको चिकित्सक प्रतिक्षा मिश्रले बताइन् ।

यहाँबाट रिफर भएका कती जनाको बाटैमा मृत्यु हुन्छ भने कतीपयले कपिलवस्तुको गोरुसिंगे, रुपन्देहिको बुटवल, दाङ्गको लमही बाँकेको नेपालगन्जमा उपचार गराउन जानुपरेको बाध्यता रहेको छ ।
सर्पले डसेको ५ मिनेटमै प्यूठान अस्पताल बिजुवारमा उपचारपछि निको हुन्छु भन्ने आशा बोकेर आएका एक बालकको तुरुन्तै एन्टि स्नेक भेनम नपाएका कारण शनिबार बिहान ज्यान गएको छ ।

शुक्रबार बेलुका करिव ५ बजेर ४७ मिनेट जादा घाँस काट्ने क्रममा प्यूठान नगरपालिका–४, हल्लीखोलाका १३ बर्षीय अभिशेख नेपालीलाई सर्पले डसेको थियो । उनी हिड्दै–हिड्दै आफन्तसंग नजिकैको प्यूठान अस्पताल बिजुवारमा ५ बजेर ५५ मिनेट हुँदा उपचारका लागि आएपनि उनको उपचार हुन नसकेको हो ।

अस्पतालमा सुरुमा बिरामीलाई डिउटी अफिसर चिकित्सक प्रतिक्षा मिश्रले हेरेपनि त्यसपछि कन्सल्टेन्ट फिजिसीयन चिकित्सक रामचन्द्र पन्थी सहितको टोलीले बिरामीलाई दाङको लमहिमा रिफर गरेको थियो । अस्पतालमा भेन्टिलेटर नभएको र आफूहरुलाइ सर्पदम्सको बिरामीको उपचार गर्ने तालिम नभएका कारण एन्टि स्नेक भेनम दिन नसकिएको मिश्रले बताइन ।

विषालु सर्पको डसाइको कारण छोरो बाटोमै शिथिल हुँदै गएको आमा शिला नेपालीले बताइन । दाङको लमहिमा पुगेर उनलाइ एन्टि स्नेक भेनम त दिइयो तर, ढिलो भएका कारण उनको स्वास्थ्यमा सुधार आउन सकेन । त्यसपछि त्यहाँका चिकित्सकको सल्लाहमा बिरामीलाई नेपालगन्ज लैजान सल्लाह दिइयो ।

बालकलाई राती ३ बजे नेपालगन्ज पुर्याइयो । नेपालगन्ज पुग्दा चिकित्सकले मृत घोषणा गरे । अभिशेख त एउटा उदाहरणका पात्र मात्र हुन् । प्यूठानमा सर्पले डसेर धेरै बिरामीले ज्यान गुमाउन परिरहेको छ । कति बिरामी धामी, झाक्रीको भरपर्दा मृत्यु भइरहेको छ । समयमै उपचार पाउने हो भने जस्तोसुकै विषालु सर्पले डसेपनि बिरामीको ज्यान बचाउन सकिने भेरि अस्पताल नेपालगन्जका चिकित्सक कृष्णप्रसाद आचार्यले बताए ।

‘बिरामीलाई जतिसक्यो चाडो अस्पतालमा पुर्याउनुपर्छ,’ उनले भने, ‘अस्पतालमा पुर्याएर एन्टि स्नेक भेनम दिएर उपचार सुरु गर्नुपर्छ ।’ उनले जिल्ला अस्पालमा सामान्य एन्टि स्नेक भेनम सम्म दिने व्यवस्था नहुनु निकै दुःखद कुरा भएको बताए । आचार्य सर्पदम्सका बिरामी बचाउने अभियन्ता समेत हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...