News Portal

रेडियो सुन्नुहोस्

कोटघरको अनुहार फेरिदै, नगर उप-प्रमूखबाट नवनिर्मित गेट उद्घाटन

घनश्याम अस्तित्व प्यूठान कार्तिक, ०५
१३६४ पटक
प्यूठान कार्तिक, ०५

पूर्वमा गेट, दक्षिणमा भान्साघर, ढोका अघि मौला, बलि दिने ठाउँ सेरोफेरोमा पर्खाल साथै रेलिड़ र मन्दिर परिसर छेंउछाउमा पर्खाल निर्माण कार्यसंगै स्वर्गद्वारी नगरपालिका वडा न. ५ उपल्लो सारीमा अबस्थित कोटघर मन्दिरको अनुहार बदलिँदै जान थालेको छ ।
मन्दिरको पूर्वपट्टी नवनिर्मित गेटले मन्दिरको सुन्दरता निकै बढाएको छ ।

विकासको लागि सधै राज्यको मुख मात्रै ताक्नु हुँदैन भन्ने भावनाबाट उत्प्रेरित भएर उक्त गेटको निर्माण खर्च जिम्मा आफूले लिएको ओबिराम पौडेलले बताउनु भयो । बैदेशिक रोजगारीको शिलशिलामा बिदेशमा बस्नुहुने उहाँले आफ्नो बुवाआमा मोहनलाल पौडेल र बसन्ती पौडेलको नाममा गेट निर्माण गरिएको कुरा गेटमा निर्मित शिलालेखमा उल्लेख छ ।

गेट निर्माण पश्चात आफूमा सामाजिक कार्यप्रतिको भावना झन् बलियो भएको ओबिराम पौडेलले बताउनु भयो । महानवमीको अवसरमा बिशेष मेला लाग्ने यस मन्दिरमा उक्त दिनमै नगरपालिका उपप्रमूख गोमा रेग्मीले नवनिर्मित गेटको उदघाटन गर्नुभएको हो ।
घटस्थापनादेखि दशमीसम्म पुजाआजा चल्ने यस मन्दिरमा पकाउन खान बस्नको निकै समस्या रहिरहेको थियो ।

अब आउँदो बर्षबाट यो समस्या पनि सुल्झिने भएको छ । साबिकको सारी गाबिस वडा न. १ निवासी प्रशान्त भण्डारी र खिमप्रसाद भण्डारीले बुवाआमाको सम्झनामा आफ्नो खर्चमा भान्साघरको निर्माण सम्पन्न गर्नुभएको छ । सोही क्रममा मन्दिर ढोका अघि मौलो गाडिने एवं बलिदिने स्थान वरपर पर्खाल तथा रेलिड़को खर्च जिम्मा स्व. बुवा गिरीराज भण्डारी,आमा कुमारीदेवी भण्डारीको सम्झना एवं सम्मानमा तीन भाई छोराहरू गंगाराम, गोकर्ण र चोपप्रसाद भण्डारीले लिनुभएको छ ।

नवमी को दिनमा बिशेष मेलाको अवसरमा उपस्थित भक्तजनहरूको स्वेच्छिक सहयोगबाट करिब दुई लाख जम्मा भएको मन्दिर ब्यबस्थापन समितिका सदस्य प्रशान्त भण्डारीले बताउनु भयो । र साथै घटस्थापनादेखि दशमीदिन अबधिभर हुने पूजा खर्च को जिम्मा स्वर्गद्वारी नगर पालिका वडा न. ५ का अध्यक्ष हिरामणी भण्डारीले लिने प्रतिबद्धता ब्यक्त गर्नुभएको कुरा समिति सदस्य प्रशान्त भण्डारीले बताउनु भयो । महानवमीको दिनमा लाग्ने मेला एवं सराय नाँच तथा पुजाआजामा सरिक हुन रोल्पा, बाँके, बर्दिया, दाड़ र रूपन्देहीबाट पनि भक्तालुहरूको उपस्थिति रहन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...