News Portal

रेडियो सुन्नुहोस्

कोटघरको अनुहार फेरिदै, नगर उप-प्रमूखबाट नवनिर्मित गेट उद्घाटन

घनश्याम अस्तित्व प्यूठान कार्तिक, ०५
१२३७ पटक
प्यूठान कार्तिक, ०५

पूर्वमा गेट, दक्षिणमा भान्साघर, ढोका अघि मौला, बलि दिने ठाउँ सेरोफेरोमा पर्खाल साथै रेलिड़ र मन्दिर परिसर छेंउछाउमा पर्खाल निर्माण कार्यसंगै स्वर्गद्वारी नगरपालिका वडा न. ५ उपल्लो सारीमा अबस्थित कोटघर मन्दिरको अनुहार बदलिँदै जान थालेको छ ।
मन्दिरको पूर्वपट्टी नवनिर्मित गेटले मन्दिरको सुन्दरता निकै बढाएको छ ।

विकासको लागि सधै राज्यको मुख मात्रै ताक्नु हुँदैन भन्ने भावनाबाट उत्प्रेरित भएर उक्त गेटको निर्माण खर्च जिम्मा आफूले लिएको ओबिराम पौडेलले बताउनु भयो । बैदेशिक रोजगारीको शिलशिलामा बिदेशमा बस्नुहुने उहाँले आफ्नो बुवाआमा मोहनलाल पौडेल र बसन्ती पौडेलको नाममा गेट निर्माण गरिएको कुरा गेटमा निर्मित शिलालेखमा उल्लेख छ ।

गेट निर्माण पश्चात आफूमा सामाजिक कार्यप्रतिको भावना झन् बलियो भएको ओबिराम पौडेलले बताउनु भयो । महानवमीको अवसरमा बिशेष मेला लाग्ने यस मन्दिरमा उक्त दिनमै नगरपालिका उपप्रमूख गोमा रेग्मीले नवनिर्मित गेटको उदघाटन गर्नुभएको हो ।
घटस्थापनादेखि दशमीसम्म पुजाआजा चल्ने यस मन्दिरमा पकाउन खान बस्नको निकै समस्या रहिरहेको थियो ।

अब आउँदो बर्षबाट यो समस्या पनि सुल्झिने भएको छ । साबिकको सारी गाबिस वडा न. १ निवासी प्रशान्त भण्डारी र खिमप्रसाद भण्डारीले बुवाआमाको सम्झनामा आफ्नो खर्चमा भान्साघरको निर्माण सम्पन्न गर्नुभएको छ । सोही क्रममा मन्दिर ढोका अघि मौलो गाडिने एवं बलिदिने स्थान वरपर पर्खाल तथा रेलिड़को खर्च जिम्मा स्व. बुवा गिरीराज भण्डारी,आमा कुमारीदेवी भण्डारीको सम्झना एवं सम्मानमा तीन भाई छोराहरू गंगाराम, गोकर्ण र चोपप्रसाद भण्डारीले लिनुभएको छ ।

नवमी को दिनमा बिशेष मेलाको अवसरमा उपस्थित भक्तजनहरूको स्वेच्छिक सहयोगबाट करिब दुई लाख जम्मा भएको मन्दिर ब्यबस्थापन समितिका सदस्य प्रशान्त भण्डारीले बताउनु भयो । र साथै घटस्थापनादेखि दशमीदिन अबधिभर हुने पूजा खर्च को जिम्मा स्वर्गद्वारी नगर पालिका वडा न. ५ का अध्यक्ष हिरामणी भण्डारीले लिने प्रतिबद्धता ब्यक्त गर्नुभएको कुरा समिति सदस्य प्रशान्त भण्डारीले बताउनु भयो । महानवमीको दिनमा लाग्ने मेला एवं सराय नाँच तथा पुजाआजामा सरिक हुन रोल्पा, बाँके, बर्दिया, दाड़ र रूपन्देहीबाट पनि भक्तालुहरूको उपस्थिति रहन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...