News Portal

रेडियो सुन्नुहोस्

माण्डवीमा एसईई समिक्षा

झुलेनी नेटवर्क२०८० असार २७
५७५ पटक
२०८० असार २७

माण्डवी गाउँपालिकाले बुधबार एसईई नतिजाको समिक्षा गरेको छ । समिक्षाले विद्यालयमा हुने पठन/पाठन लगायतका विषयमा छलफल तथा निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

मासिक रुपमा प्रत्येक शैक्षिक संस्थाहरुमा सो मुल्याङकन पुस्तिका तयार गर्ने, मुल्याङकन पुस्तिका अनुसार कार्य भए नभएको अनुगमन गर्ने र मुल्याङकन अनुसार कार्य नभएको खण्डमा त्यस सस्थालाई बढुवा ग्रेड बृद्धि, तलब रोक्का गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नमराज अधिकारीले जानकारी दिए । गाउँपालिकाले शिक्षा क्षेत्रमा बढि लगानी गरे पनि राम्रो नतिजा नआएपछि ग्रेड वृद्धि र तलब रोक्काको निर्णय गर्नुपरेको अधिकारीले बताए ।

प्रमुख प्रशासकीय अधकिृत प्रकाश पाण्डेले प्रधानाध्यापकहरुले विद्यालयको कुशल प्रशासन संचालन गर्दै नतिजामा व्यापक सुधार गर्न आग्रह गरे । साथै शिक्षकहरुले आफ्नो पेशामा अनुशासिति, मर्यादति र परिणाम निकाल्नु पर्ने उनको भनाई थियो । समक्षिामा जनप्रतिनिधि, कर्मचारी र मावी विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...