News Portal

रेडियो सुन्नुहोस्

नेविसंले दियो स्वर्गद्वारी क्याम्पसलाई सेनिटरी प्याड भेन्डिङ्ग मेसिन

बिबश जि.एम २०८० श्रावण १२
५५४ पटक
२०८० श्रावण १२

नेपाल विद्याथी संघ जिल्ला कार्य समिति प्यूठानले एक कार्यक्रमका बिच शुक्रबार स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सेनिटरी प्याड भेन्डिङ्ग मेसिन क्याम्पसलाइ प्रदान गरेको छ । महिलाहरु महिनावारी हुँदा प्याडको अभाव र दुषित कपडाको प्रयोगले संक्रमण हुनबाट रोक्न मेसिन प्रदान गरेको जनाएको छ ।

महिनावारी हुँदा कक्षा छोडेर फर्कनुपर्ने वाध्यता लगायतका समस्याहरुलाई मध्यनजर गरि मेसिन उपलब्ध गराईएको नेविसंघ जिल्ला सचिव पारस भण्डारीले जानकारी दिए । नेविसंघले पहिलो चरणमा स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलालाइ प्रदान गरेको हो ।

मेसिन प्रदान गर्ने कार्यक्रमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री एवंम लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी, नेपाली कांग्रेस जिल्ला सचिव एनपि मगर, पत्रकार महासंघ जिल्ला अध्यक्ष सञ्जय रिजाल, प्रेस यूनियन जिल्ला अध्यक्ष मधुसुदन भण्डारी, स्वर्गद्धारी बहुमुखी क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...