News Portal

रेडियो सुन्नुहोस्

नेविसंले दियो स्वर्गद्वारी क्याम्पसलाई सेनिटरी प्याड भेन्डिङ्ग मेसिन

बिबश जि.एम २०८० श्रावण १२
३७५ पटक
२०८० श्रावण १२

नेपाल विद्याथी संघ जिल्ला कार्य समिति प्यूठानले एक कार्यक्रमका बिच शुक्रबार स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सेनिटरी प्याड भेन्डिङ्ग मेसिन क्याम्पसलाइ प्रदान गरेको छ । महिलाहरु महिनावारी हुँदा प्याडको अभाव र दुषित कपडाको प्रयोगले संक्रमण हुनबाट रोक्न मेसिन प्रदान गरेको जनाएको छ ।

महिनावारी हुँदा कक्षा छोडेर फर्कनुपर्ने वाध्यता लगायतका समस्याहरुलाई मध्यनजर गरि मेसिन उपलब्ध गराईएको नेविसंघ जिल्ला सचिव पारस भण्डारीले जानकारी दिए । नेविसंघले पहिलो चरणमा स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलालाइ प्रदान गरेको हो ।

मेसिन प्रदान गर्ने कार्यक्रमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री एवंम लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी, नेपाली कांग्रेस जिल्ला सचिव एनपि मगर, पत्रकार महासंघ जिल्ला अध्यक्ष सञ्जय रिजाल, प्रेस यूनियन जिल्ला अध्यक्ष मधुसुदन भण्डारी, स्वर्गद्धारी बहुमुखी क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...