News Portal

रेडियो सुन्नुहोस्

प्यूठान भालुवाङ्ग सडक खण्ड अवरुद्ध ,गर्जेनीमा अहिलेसम्म कै ठूलो पहिरो

झुलेनी नेटवर्कसाउन १८
१००५ पटक
साउन १८

प्यूठान भालुवाङ्ग सडक खण्ड अन्तर्गत पर्ने गर्जेनीमा बुधबार राती आएको सुख्खा पहिरोले सकड अवरुद्ध गरेको छ ।

गर्जेनिको समस्या अहिले मात्र होइन यो भन्दा अगाडीका दिनमा समेत पटक पटक सुख्खा पहिरोले  सडक खण्ड अवरुद्ध गर्ने गरेको थियो । सडक डिभिजन कार्यालयले विहानै देखी बाटो खुलाउने काम जारी राखेको सडक डिभिजन कार्यालय प्यूठानका सब इन्जिनियर प्रकाश अधिकारीले जानकारी दिए ।

पहिरोको अवस्थालाई हेर्दा अहिलेसम्म कै सबैभन्दा ठूलो पहिरो भएको सबइन्जिनियर अधिकारीले बताए । लगभग पहिरो ६० मिटर भन्दा माथीबाट आएको उनले जानकारी दिए । उनका अनुसार त्यहाँ अहिले सडक खुलाउनको लागि ३ वटा मेसिनले काम गरिरहेको छ । टाढाको यात्रा गर्ने यात्रुहरुले बैकल्पिक बाटो देविस्थान देखी घोराही सम्मको ४८ किलोमिटर हुँदै यात्रा गर्न अनुरोध गरिएको छ । तत्काल पहिरो हटाउने स्थिति नभएका कारण यात्रुहरुलाइ त्यहाँ कुरेर नबस्न पनि आग्रह गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...