News Portal

रेडियो सुन्नुहोस्

प्यूठान भालुवाङ्ग सडक खण्ड अवरुद्ध ,गर्जेनीमा अहिलेसम्म कै ठूलो पहिरो

झुलेनी नेटवर्कसाउन १८
५९७ पटक
साउन १८

प्यूठान भालुवाङ्ग सडक खण्ड अन्तर्गत पर्ने गर्जेनीमा बुधबार राती आएको सुख्खा पहिरोले सकड अवरुद्ध गरेको छ ।

गर्जेनिको समस्या अहिले मात्र होइन यो भन्दा अगाडीका दिनमा समेत पटक पटक सुख्खा पहिरोले  सडक खण्ड अवरुद्ध गर्ने गरेको थियो । सडक डिभिजन कार्यालयले विहानै देखी बाटो खुलाउने काम जारी राखेको सडक डिभिजन कार्यालय प्यूठानका सब इन्जिनियर प्रकाश अधिकारीले जानकारी दिए ।

पहिरोको अवस्थालाई हेर्दा अहिलेसम्म कै सबैभन्दा ठूलो पहिरो भएको सबइन्जिनियर अधिकारीले बताए । लगभग पहिरो ६० मिटर भन्दा माथीबाट आएको उनले जानकारी दिए । उनका अनुसार त्यहाँ अहिले सडक खुलाउनको लागि ३ वटा मेसिनले काम गरिरहेको छ । टाढाको यात्रा गर्ने यात्रुहरुले बैकल्पिक बाटो देविस्थान देखी घोराही सम्मको ४८ किलोमिटर हुँदै यात्रा गर्न अनुरोध गरिएको छ । तत्काल पहिरो हटाउने स्थिति नभएका कारण यात्रुहरुलाइ त्यहाँ कुरेर नबस्न पनि आग्रह गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नयाँ लाइन तानेर थापाडाँडाको खानेपानी योजना चल्यो

प्यूठान नगरपालिका–४, स्थित थापाडाँडा–कार्कीडाँडा लिप्ट खानेपानी योजनामा नयाँ लाइन तानेर सञ्चालन गरिएको छ । नेपाल...

समाचार लेखन र न्यु मिडिया सम्बन्धि तालिम भिंग्रीमा सम्पन्न

समाचार लेखन र न्यु मिडिया सम्बन्धी तालिम स्वर्गद्वारी नगरपालिका ४ भिंग्रीमा सम्पन्न भएको छ ।...

विजय फूलबारीले मनायो एकीकरण पछिको तेश्रो स्थापना दिवस

विजय फूलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले एकीकरण पछिको तेश्रो स्थापना दिवस मनाएको छ।...

थापाडाँडा–कार्कीडाँडा क्षेत्रमा खानेपानी समस्या, ट्रान्सफर्मर मर्मतमा पहल भएन

प्यूठान नगरपालिका–४,स्थित थापा डाँडा–कार्की डाँडा क्षेत्रमा खानेपानी चरम अभाव भएको छ । थापा डाँडा–कार्की डाँडा...

बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन

प्यूठान नगरपालिका वडा न. ८ बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन गरिएको छ । बुधबार प्यूठान...