News Portal

रेडियो सुन्नुहोस्

आँखाको समस्या देखिएमा आँखा अस्पताल आउनुस ः ठकुरी

बोम बहादुर परियार २०८० श्रावण २३
१२२४ पटक
२०८० श्रावण २३

प्यूठानसंगै देशभर आँखा पाक्ने रोग (कन्जेन्टिभाइटिस)को संक्रमण फैलिएको छ। दिनानुदिन यस रोगको संक्रमण बढ्दो छ। प्यूठान जिल्लामा रहेको प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्यूठानमा पछिल्लो एक हप्तामा आँखाका समसया लिएर आउने बिरामीहरुको चाप बढेको छ। प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोगका विरामीहरु दैनिक रुपमा १ सय ४५ जनासम्म आँखा अस्पतालमा जाने गरेका छन्। यो महामारीको रुपमा फैलिन सक्ने भन्दै चिकित्सकहरुले विशेष सतर्कता अपनाउन समेत सुझाव दिईरहेका छन्। यसै सन्दर्भमा प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारका प्रमुख लक्ष्मी मल्ल ठकुरीसंग झुलेनी पोष्टकर्मी बोम बहादुर परियारले गरेको कुराकानीको सारसंक्षेप ः 

  • लक्ष्मी जि, यहाँलाई हार्दिक स्वागत छ ?
    धन्यवाद
  • देशभरी आँखा पाक्ने रोगको संक्रमण फैलिएको समाचार आईरहेका छन्। प्यूठान जिल्लामा आँखा पाक्ने रोगको अवस्था कस्तो छ ?

अहिले नेपालभर नै यो विरामीको चाप एकदमै बढिरहेको देखिन्छ, हाल जिल्लामा यहाँमात्र नभएर स्वर्गद्धारी नगरपालिका र गौमुखी गाउँपालिकामा नरेन्द्र गायत्री आँखा अस्पतालको शाखा रहेका छन् । प्रत्येक दिन हामीलाई त्यहाँबाट रिपोर्टिङ आइरहेको हुन्छ । आँखा पाक्ने रोग एकदमै व्यापक छ । बिरामीको कुरा गर्ने हो भने दिनप्रतिदिन विरामीको चाँप बढ्दै गएको छ । यो मात्र कन्जेन्टि भाइटिसकै बिरामीहरु हुनुहुन्छ, त्यसैले पछिल्लो एकसातामा बिरामीहरुको चाँप एकदमै बढिरहेको छ ।

  • आँखा पाक्ने रोगका लक्षणहरु के के हुन सक्छन् कस्तो हुन्छ सुरु–सुरुमा?

सुरुसुरुमा आँखा विझाउने, अलिअलि चिलाएजस्तो हुने र आँखा रातो हुँदै जाने अनि आँशु प्रसस्त मात्रामा झर्ने, यो हुँदा वित्तिकै बुझ्नुप¥यो कि मलाई (कन्जेन्टिभाइटिस) आँखा पाक्ने रोग भयो भनेर । त्यसकारणले बिरामीहरुले नजिकको आँखा अस्पतालमा गएर आफ्नो आँखाको जाँच गराईहाल्नुपर्छ । सुरुका लक्षण यहि नै हुन्छ ।

  • तपाई एउटा आँखा सम्बन्धि स्वास्थ्यकर्मी पनि हो, स्वयम आँखा अस्पतालमा हुनुहुन्छ, कति विरामीहरु आउनुहुन्छ दैनिक यहाँ ?
    पहिले भन्दा अहिले अलि बिरामीको चाँप एकदमै बढि नै हो । पहिले सामान्य रुपमा ८०÷९० जना आँखाका विरामीहरु आउने गर्नुहुन्थ्यो भने अहिले दैनिक कन्जेन्टिभाइटिसका मात्रै ५० भन्दा बढि नै विरामीहरु आउनुहुन्छ। एकै दिन १ सय ४५ जना समेतको उपचार गरेका छौं। आँखा पाकेका विरामीहरुलाई के कस्तो उपचार गरेर पठाउनुहुन्छ ?
    सर्वप्रथम हामीले दिने भनेकै एन्टिबायोटिक नै हो ।

 

  • सुरुमै एन्टिबायोटिक चलाउनुहुन्छ?हजुर हजुर हामीले केस हेरेर उपचार गर्छौ, आँखा रातो भएको छ,आँखाको नानीहरुमा कुनै चिजले कोतारेको अथवा घाउहरु छैन भने उनिहरुलाई हामी एन्टिबायोटिक नै दिन्छौ । र कन्जेन्टिभाइटिस पनि फरकफरक किसिमको हुन्छ, अहिले यो व्याक्टेरियल कन्जेन्टिभाइटिस भाइरल कन्जेन्टिभाइटिस हो । अर्काे एलर्जी कन्जेन्टिभाइटिस पनि हुन्छ जुन एकदमै आँखा चिलाउने हुन्छ । तर अहिलेको हकमा यो रोग भनेको भाइरल कन्जेन्टिभाइटिस (आँखा पाक्ने रोग) हो। ड्ड आँखा पाक्ने यो रोग बढी बच्चाहरुमा छ की अथवा बृद्धाहरुमा?
    अहिले यो रोग बृद्धाहरुमा भन्दा पनि बच्चाहरुमा देखिने गरेको छ । बच्चाहरुमा एकदमै खेल्ने प्रवृति हुन्छ, बच्चाहरुले मोबाइल खेलाउने प्रवृति हुन्छ, बच्चाहरुले हरेक चिजहरुलाई झ्याप्प छोइदिने र आँखा मिच्ने हुनाले हाम्रो उमेरका भन्दा बच्चाहरुमा बढि नै हुन्छ ।

 

  • अहिले शहर तिर भन्दा पनि गाउँतिर कन्जेन्टिभाइटिस अथवा आँखा पाक्ने रोगका बिरामीहरु बढ्दै छन्, उनीहरुलाई यो रोगबाट बच्नको लागि के – के उपायहरु अपनाउन सुझाव दिनुहुन्छ ?

सर्बप्रथम आँखा छुनुभन्दा अगाडी र छोइसकेपछि साबुन पानीले राम्रोसँग मिचिमिचि हात धुने, अनावश्यक आँखामा हात नलैजाने, सकेसम्म भिडभाडमा नजाने, यदि गइहाले पनि चस्माको प्रयोग गर्ने, आफ्नो रुमाल, टवेल छुट्टाछुट्टै प्रयोग गर्नुप¥यो । संक्रमित भइसकेको व्यक्तिको नजिक नजाने ।

 

  • हवस धन्यवाद समय दिनुभयो, साथसाथै अन्तिममा आँखा पाक्ने रोगका बिषयमा केहि थप्न चाहानुहुन्छ?
    अहिले यो कन्जेन्टिभाइटिस एडिनो भाइरसको कारणले फैलिरहेको छ । सबैजना सर्तक रहनुस, भिडभाडमा धेरै नजानुस, र तपाईलाई आँखा चिलाउने, आँखा दुख्ने, आँशु आउने, लगायतका लक्षण देखियो भने तपाईलाई थाहा हुनुप¥यो कि मलाई अहिले कन्जेन्टिभाइटिस (आँखा पाक्ने रोग) लाग्यो भनेर । त्यसैले नजिकको आँखा उपचार केन्द्रमा गएर आफ्नो आँखाको उपचार गराउने, आवश्यकताको आधारमा औषधी प्रयोग गर्ने गर्नुपर्यो। साथै तपाई लगायत तपाईको मिडियालाई पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु। अहिलेको जल्दोबल्दो बिषयमा केही कुरा राख्ने अवसर दिनुभयो।
    हाम्रो यस प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद ।

 

 

 

 

 

 

 

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...