News Portal

रेडियो सुन्नुहोस्

शुभकामना तथा बधाई !

झपेन्द्रराज बैद्य२०८० भदौ १
१०२१ पटक
२०८० भदौ १

साहित्य परिषद प्यूठान’ प्यूठानको एक बिशुद्ध साहित्यिक संस्थाहो। यस संस्थाबाट २०५६ साल देखि बार्षिक रुपमा सुमन पत्रिका प्रकाशित हुँदै आएको छ। जसको संस्थागत सम्पादक यस आलेखका पंंक्तिकार हुन् । यस संस्थाका संस्थापक अध्यक्ष मोहन गिरी हुन भने ५६ साल देखि स्व. भूपेन्द्र सुबेदी अनबरत रुपमा यसका अध्यक्ष हुँदै आएका हुन् । स्थापनाकालको १० बर्षको समयलाई प्यूठानको सन्दर्भमा स्वर्णिभ समय भन्न सकिन्छ । साहित्यक क्षितिजमा यसले भूकम्प ल्याएको छ। सुसुप्त युवाहरुलाई जगाएको छ। साहित्य प्रतिभालाई प्रज्वलित बनाएको छ। साहित्य प्रष्फुटन भएको छ। सुन्दर साहित्यको सिर्जना भएको छ। प्यूठानको साहित्य फाँट हराभरा भएको छ।

वास्तबमा साहित्य गोलाबारुद भन्दा बढी बिष्फोटक हुन्छ। कलाकलाको लागि हुँदैन साहित्य । पार्टीगत रुपमा साहित्य स्वतन्त्र हुन्छ । तर बिचारमा साहित्यबर्गीय हुन्छ। स्वतन्त्र तथा निरपेक्ष साहित्य भन्नेहुदैन । यसले बिपन्न बर्गको मन मस्तिष्क छामेको हुन्छ। साहित्य दर्पण मात्र नभएर यसले समाज बदल्छ। यो प्रगतिशील हुन्छ। सुन्दर हुन्छ। यसले गरिब दीनदुःखीको सेवा गरेको हुन्छ। साहित्य कुनै रहरको बिषय होइन। महत्वाकांक्षीले साहित्य सेवा गर्न सक्दैन। मुटुको स्पन्दन हुन्छ साहित्यमा। प्यूठानमा सुमनको पहिलो अंक प्र्रकाशन भए देखि साहित्यको बाढी नै आएको अनुभूत हुन्छ। प्यूठानले राप्ती साहित्य परिषदबाट धेरै प्रेरणा लिएको छ। राप्ती साहित्य परिषदले हामी धेरै स्रष्टाहरुलाई सम्मान र पुरस्कृत गरेको छ। प्यूठानमा प्रगतिशील लेखक संघ नेपालले सहित्य बिकासमा अहम्भूमिका खेलेको छ। यस पंक्तिकारले प्रलेसका केन्द्रीय अध्यक्ष आनन्ददेब भट्टसँग सम्पर्क गरी प्यूठानमा शाखा खोलेको मीठो अनुभूति छ। प्यूठानमा प्रलेसको संस्थापक अध्यक्ष भएकोले गर्वको अनुभूति भएको छ। केन्द्रसँग सहमति गरी दाङ्गका पार्षद गिरिराज शर्मा र पदम शर्मालाई प्यूठान ल्याई प्र ले स प्यूठान शाखा गठन गरेको मीठो अनुभूति छ। यसै संगठनले यस पंक्तिकारको सम्पादकत्वमा ६२। ६३ मा लिस्ने त्रैमासिक पत्रिका प्रकाशन गरिएको थियो। यसको परिणाम मुुक्ति मा बि मा अध्यापन गर्न जादा जादै विद्यालय गेट नेर पक्राउ गरेको थियो। स्मरण रहोस् यी सबै संघर्षको कारण होला प्रगतिशील लेखक संघले यस पंक्तिकारलाई प्रेस स्वतन्त्रता सेनानीबाट सम्मान गरेको छ। साथै ताम्रपत्रबाट वरिष्ठ लेखकको रुपमा सम्मान पनि ।

साहित्यको बिकासको कारण मानबअधिकार सचेतना, मानबअधिकार दर्पण, मुक्तिदर्पण आदि यसै पंक्तिकारको सम्पादकत्वमा प्रकाशन भएका हुन्। सम्बन्धित पक्षले यसको ईतिहास संरक्षण गर्न आवश्यक छ। साहित्य संस्थाले सबै फूूल फुल्न र मुस्कुराउने मौका दिनुपर्छ। प्यूठानमा सहित्य परिषदबाहेक अन्य साहित्यिक संघ संस्थाले पनि काम गरेका छन्। पहिले साहित्य टिममा देबेन्द्र रिजाल, गेहराज थापा भेषमान गिरी, टोपाराम आचार्य, कमल पोख्रेल, केन्द्रीय पत्रकार तथा साहित्य प्रेमी सुशील पोख्रेल,झुलेनी पत्रकार दीपा पौडेल, रामकृष्ण शर्मा, महेश केसी , नवराज आचार्य ,ध्रुब गिरी, बिपि सेडाई आदि अग्रणी साहित्यकार हुन्। पछिल्लो पिढीँमा सानु कुवर,बिमला खनाल उदयमान साहित्य प्रतिभा हुन्। अझै दिग्गज साहित्य पे्रमी छुटेका हुन सक्छन्। असीको वरिपरि भएकोले स्मरण शक्तिमा ह्रास हुँदोरहेछ। यताउता हिड्न गाह्रो हुन्छ।

४०। ५०को ब्यक्ति पनि जेष्ठ नागरिकको अध्यक्ष हुन सक्छ। यस्तै साहित्यिक संस्थामा पनि साहित्यकार नै अध्यक्ष बन्नुुपर्छ भन्ने छैन। साहित्यकार बन्न उसका कृृतिहरु प्रकाशन भएको हुनुुपर्छ। साहित्यकार बाहेक अरु साहित्य प्रेमी अथवा साहित्यानुरागी हुन सक्छन्।सबैले साहित्य सर्जिनामा भूमिका खेलेका हुन्छन्। कृति प्रकाशन गर्न आर्थिक कठनाई हुन्छ। यसैले लेखकहरु खुम्चिएर बस्नुपर्ने बाध्यता छ। हिजो प्यूठानमा सुमन बिशेषाङ्क बिमोचन भएको सुन्दा धेरै खुसी लागेको छ। आफूले लगाएको बिरुवा ढकमक्क फुलेको देख्दा कसलाई पो खुसीको अनुभूति हुँदैन र! अहिले सुमन प्रकाशन नियमित देखिदैन। यसैको चिन्ता छ। पहिले भन्दा अहिले केही सहज छ प्रकाशन गर्न। पहिले बिज्ञापन लिन दौडधूप गर्नूको बिकल्प थिएन। अहिले नगरपालिकाले आर्थिक बोझ हल्का गरिदिएको छ। साहित्य प्रेमीले पत्रपत्रिकामा आफ्ना आख्यान, कबिता, निबन्ध ,कथा तथा नियात्रा बेला बेलामा प्रकाशन गर्नु राम्रो हुन्छ। मलाई खड्केको कुरा के भने गेहराजथापा सरबाट सुमन प्रकाशन गर्दा रचना पठाउन मलाई खबर गरिन्थ्यो त्यो अवसर अहिले हराएको अनुभूति हुन्छ। साहित्य परिषदका सचिब ध्रुब गिरीजीबाट पोहोर साल हुनुपर्छ मलाई एउटा रचना पठाई दिन मेल दिनु भएकोले मैले एउटा आलेख पठाएको हुँ तर त्यस बखत सुमन प्रकाशन गरिएन। लेख रचना पठाउन त मलाई भ्याई नभ्याई छ काठमाडौमा। कहिले हप्तामा एक दुई पटक पनि प्रकाशन हुन्छ। तर प्यूठानको मायाले छोडेन। हाम्रो एकता र झुलेनी पोष्ट साप्ताहिकमा रचना लगभग पठाई रहेको अवस्था छ प्यूठानको मायाले। मेरो अनुरोध छ प्यूठानमा सुमन मग्मगाई रहोस्। अबको समाज युवाहरुको हातमा छ। बृद्ध अवस्थामा सद्भाब र माया दिनु बाहेक के गर्न सकिन्छ र? साहित्य बिजनेशका लागि होईन। ब्यबसाय पनि होइन। साहित्य भोक भन्दा ब्यबसायको रुपमा कुनै आउँछन् भने यसमा सबै साहित्य प्रेमी सतर्क हुनुपर्छ। बिशुद्ध साहित्य प्रेमीलाई स्वागत गर्नुपर्छ। साहित्य परिषदलाई शुभकामना।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...