News Portal

रेडियो सुन्नुहोस्

करेन्टको धरापमा परेर साउन भरमै ३ जनाको मृत्यु

बिबश जि.एम २०८० भदौ ४
६२१ पटक
२०८० भदौ ४

जंगली जनावारलाई थापेको करेन्टको धरापमा परेर साउन महिनामा मात्रै प्यूठानमा ३ जनाको ज्यान गएको छ । जंगली जनावारबाट खेतिपाती जोगाउन भन्दै स्थानीयले लगाएको करेन्टको धरापमा परेर जिल्लाका विभिन्न क्षेत्रका ३ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार प्यूठान नगरपालिका वडा नं.–३ साप्डाडाँ स्थित बरपाटा बस्ने ५३ बर्षका हिम बहादुर खड्काको श्रावण १६ गते बाँदर र बँदेल धपाउन आफ्नै बारीमा थापेकोे बिद्युतिय धरापमा परि मृत्यु भएको थियो । झिमरुक गाउँपालिका ६ बस्ने ५४ बर्षका धन बहादर पुन मगरको श्रावण १७ गते स्थानीयले बँदेल धपाउन थापेको करेन्टको धरापमा परेर मृत्यु भयो ।

यस्तै श्रावण ३० गते स्वर्गद्धारी नगरपालिका ८ बर्जिवाङकी १८ बर्षिय पुजा थापाको पनि आफ्नै बारीमा लगाएको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय प्यूठानका बरिष्ठ प्रहरी नायवनिरिक्षक ओमप्रकाश चौधरीले जानकारी दिए ।

पछिल्लो समय किसानले अन्नबाली जोगाउन बारीमा करेन्ट लगाउने र त्यसमा परेर मानवीय क्षेति हुने गरेको छ । विभिन्न ठाउँमा जंगली जनावर बाँदर र बँदेलले किसानलाई सताएपछि किसान बालीनाली जोगाउन भनेर बारीमा करेन्ट थाप्ने गर्दा मानवीय क्षेति हुन थालेको प्रहरीको भनाइ छ ।

जंगली जनावरले जिल्लाको गौमुखी गाउँपालिका,नौबहिनी गाउँपालिका, प्यूठान नगरपालिका,झिमरुक गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा किसानको मकै बारीमा क्षति पुर्‍याएको किसानहरु बताउँछन् ।

यसरी गैर कानूनीरुपमा बिद्युतीय धराप राख्न नपाइने कुराको सचेत गराउदा गराउदै पनि घटना घटीरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख सुवास सड्काले बताए । ‘जिल्लाका स्थानीय तहहरुसंग समन्वय गरेर सचेतना गर्न काम गरेका छौ,’ खड्काले भने,‘यस सम्बन्धि दुई वटा मुद्दा समेत चलेको छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...