News Portal

रेडियो सुन्नुहोस्

करेन्टको धरापमा परेर साउन भरमै ३ जनाको मृत्यु

बिबश जि.एम २०८० भदौ ४
७५८ पटक
२०८० भदौ ४

जंगली जनावारलाई थापेको करेन्टको धरापमा परेर साउन महिनामा मात्रै प्यूठानमा ३ जनाको ज्यान गएको छ । जंगली जनावारबाट खेतिपाती जोगाउन भन्दै स्थानीयले लगाएको करेन्टको धरापमा परेर जिल्लाका विभिन्न क्षेत्रका ३ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार प्यूठान नगरपालिका वडा नं.–३ साप्डाडाँ स्थित बरपाटा बस्ने ५३ बर्षका हिम बहादुर खड्काको श्रावण १६ गते बाँदर र बँदेल धपाउन आफ्नै बारीमा थापेकोे बिद्युतिय धरापमा परि मृत्यु भएको थियो । झिमरुक गाउँपालिका ६ बस्ने ५४ बर्षका धन बहादर पुन मगरको श्रावण १७ गते स्थानीयले बँदेल धपाउन थापेको करेन्टको धरापमा परेर मृत्यु भयो ।

यस्तै श्रावण ३० गते स्वर्गद्धारी नगरपालिका ८ बर्जिवाङकी १८ बर्षिय पुजा थापाको पनि आफ्नै बारीमा लगाएको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय प्यूठानका बरिष्ठ प्रहरी नायवनिरिक्षक ओमप्रकाश चौधरीले जानकारी दिए ।

पछिल्लो समय किसानले अन्नबाली जोगाउन बारीमा करेन्ट लगाउने र त्यसमा परेर मानवीय क्षेति हुने गरेको छ । विभिन्न ठाउँमा जंगली जनावर बाँदर र बँदेलले किसानलाई सताएपछि किसान बालीनाली जोगाउन भनेर बारीमा करेन्ट थाप्ने गर्दा मानवीय क्षेति हुन थालेको प्रहरीको भनाइ छ ।

जंगली जनावरले जिल्लाको गौमुखी गाउँपालिका,नौबहिनी गाउँपालिका, प्यूठान नगरपालिका,झिमरुक गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा किसानको मकै बारीमा क्षति पुर्‍याएको किसानहरु बताउँछन् ।

यसरी गैर कानूनीरुपमा बिद्युतीय धराप राख्न नपाइने कुराको सचेत गराउदा गराउदै पनि घटना घटीरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख सुवास सड्काले बताए । ‘जिल्लाका स्थानीय तहहरुसंग समन्वय गरेर सचेतना गर्न काम गरेका छौ,’ खड्काले भने,‘यस सम्बन्धि दुई वटा मुद्दा समेत चलेको छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...