News Portal

रेडियो सुन्नुहोस्

विशेष रुपान्तरण अभियानले नयाँ जागरण ल्याउनेछ: अधिकारी

झुलेनी नेटवर्क२०८० भदौ १४
९३४ पटक
२०८० भदौ १४

नेकपा (माओवादी केन्द्र) प्यूठानका संयोजक नमराज अधिकारीले पार्टीको ३ महिने विशेष रुपान्तरण अभियानले माओवादीलाई नयाँ जागरण सहित दिशानिर्देश गर्ने वताएका छन्।

आगामि १६ गते शनिवार प्यूठानका ६४ वटै वडामा माओवादीले ‘जनतासंग माओवादी, विशेष रुपान्तरण अभियान’को एकसाथ उद्घाटन गर्दैछ। विहिवार प्रेस सेन्टर नेपाल, प्यूठानको वैठकलाई सम्बोधन गर्दै अधिकारीले प्रत्येक वडामा आ-आफ्नै श्रृजनशिलतामा उद्घाटन हुनेगरि कार्यक्रम तय भएको वताए।

सरकारले शुसासनका निम्ति चालेको कदमवारे जनतामा पुगेर जनसमर्थन वृद्घी गर्ने र संगठन विस्तार गर्ने मुख्य लक्ष्यसहित सुरु गरेको यो अभियानमा ९० दिन हरेक माओवादी केन्द्रका नेताले आफ्नो घर छोडेर तोकिएको कार्यक्षेत्रमा पुग्नुपर्नेछ। त्यसका लागि केन्द्रीय नेतालाई अन्तरजिल्ला, प्रदेशका नेतालाई अन्तरपालिका, जिल्लाका तथा पालिकाका नेतालाई अन्तरवडा कार्यक्षेत्र तोकिएको उनले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...