


चट्याङ लागेर गौमुखीमा एक महिलाको मृत्यु भएको छ । गयराती ८ बजे गौमुखी गाउँपालिका ३ रजवारामा चट्याङ लाग्दा २५ बर्षिय पुनी बुढा मगरको मृत्यु भएको वडा अध्यक्ष जंग बहादुर पुन मगरले जानकारी दिए । घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो ।
चट्याङ लागेर शिक्षिका सहित २ जना घाइते भएका छन् । दिपेन्द्र प्रा.वि पोखराकी पार्वता चन्द र सोही ठाउँका स्थानीय तनी घर्ती मगर घाईते भएको वडा अध्यक्ष पुनले जानकारी दिए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

