News Portal

रेडियो सुन्नुहोस्

नागबेलीमा योग सुरु

झुलेनी नेटवर्क२०८० भदौ २५
३५५ पटक
२०८० भदौ २५

प्युठानको जुम्रीमा योग प्रणायाम कक्षा सञ्चालनमा आएको छ । नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले आफ्नै प्रांगणमा यही भदौ १६ गतेदेखि योग अभ्यास सञ्चालनमा लिएको हो ।

स्वास्थ्यका हिसावले प्रत्येक दिन बिहान योग ध्यान र प्रणायाम गर्दा मानिसहरुलाई फाइदा हुने भन्दै योग कक्षा सञ्चालनमा लिएको संस्थाका अध्यक्ष बिष्णु पाण्डेले जानकारी दिए ।

पछिल्लो समय मानिसहरु बिषादीयुक्त खानपानका कारण र योग प्रणायाम नगर्नाले विभिन्न रोगको संक्रमण हुन सक्ने भन्दै योग आवश्यक रहेको योग प्रशिक्षक डाक्टर ओमहरि भट्टराइले बताए। योग ध्यान र प्रणायाम गर्नु शारीरिक रुपमा महत्वपुर्ण रहेको प्रशिक्षक भट्टराईको भनाई छ । प्रत्येक दिन बिहान ४ बजे देखि ६ बजे सम्म योग कक्षा सञ्चालन हुने योग प्रणायाममा स्थानीयहरु उत्साहितका साथ उपस्थित हुने गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...