News Portal

रेडियो सुन्नुहोस्

नौबहिनी गाउँपालिका २ लिघामा शुक्रबारदेखी ७ विधाका कार्यक्रम सुरु

झुलेनी नेटवर्क२०८० भदौ १३
८८७ पटक
२०८० भदौ १३

नौबहिनी गाउँपालिका २ लिघामा शुक्रबारदेखी विभिन्न ७ विधाका कार्यक्रम सुरु भएको छ । शिवजी संरक्षण यूवा मञ्चद्धारा आयोजित कार्यक्रममा खुल्ला महिलापुरुष भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, लामो दौड प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, भालेपकड प्रतियोगिता, स्लो बाइक प्रतियोगिता र घैटाफोड प्रतियोगिता गरि ७ विधाका कार्यक्रम सञ्चालन भएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका संविधान सभा सदस्य पुनराम थापा ( हिमाल ) ले खेललाई रमाईलोको लागि मात्र नभई भविष्यको उद्देश्य सहित खेल्न आवश्यक रहेको बताए । साथै पालिका तहबाट जिल्ला स्तरीय हुँदै केन्द्र स्तरसम्म पुग्ने गरि खेललाई अगाडी बढाउन समेत थापाले खेलाडीहरुलाई आग्रह गरे ।

खेलाडीमा अनुशासन, लगनशील र धैर्‍यता महत्वपूर्ण हुने कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई थियो ।

हरेक बर्ष असोज पूर्णिमाको दिन लाग्ने मेलाको अवसर पारी विविध खेलकदु तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरि दोस्रो बार्षिक उत्सव मनाएको शिवजी संरक्षण यूवा मञ्चका अध्यक्ष बेगम दर्लामी मगरले बताए ।

पुरुष भलिबल प्रतियोगितामा ३० टिम सहभागि भएको आयोजकले जानकारी दिएको छ ।

शिवजी संरक्षण यूवा मञ्चका अध्यक्ष बेगम दर्लामी मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य पुनराम थापा ( हिमाल ) विशेष अतिथि नौबहिनी गाउँपालिका निवर्तमान उपाध्यक्ष घन बहादुर बुढा ( सचिन ) लगायत अन्य अतिथिहरुको सहभागिता थियो भने सञ्चारकर्मी बिबश जि.एमले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पूर्ण थापाले गरेका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...